पोखरामा ‘प्रेमगीत – २’ को च्यारिटी सो सम्पन्न

ENGLISH

ENTERTAINMENT

पोखरामा ‘प्रेमगीत – २’ को च्यारिटी सो सम्पन्न

26 July, 2017 | Sandeep Bhattarai | 695 Views | comments

प्रेमगीत – २

चलचित्रको होडबाजी चलिरहेका अवस्थामा प्रेमगीत – २ ले मंगलबार पोखरा ट्रेड महलस्थित ‘क्युएफएक्स’ चलचित्र घरमा ‘च्यारिटी सो’ सम्पन्न गरेको छ ।

पिछडिएका तथा विपन्न वर्गका विद्यार्थीको सहयोगार्थ युवा सहभागी समाजिक सञ्जाल मेन्स रुम रिलोडेडको संयोजनमा आयोजित उक्त च्यारिटी सोमा चलचित्रका दर्शक, कलाकार, सञ्चारकर्मीसहितको उपस्थिति थियो ।

पुख्र्याैली थलो नेपाल रहेर पनि विभिन्न कारणवस म्यान्मारमा बस्दै आएका सर्वसाधारणमा नेपाल र नेपालीप्रतिको आत्मियतालाई चलचित्रमा देखाइएको छ । एउटा सच्चा प्रेममा माया पाउन निकै संघर्ष गर्नुपर्छ भन्ने सन्देश पनि चलचित्रले दिन खोजेको निर्देशक रामशरण पाठकले बताउनुभयो ।

निर्माता सन्तोष सेनका अनुसार रु दुई करोड लागतमा निर्माण गरिएको प्रेमगीत – २ तयार हुन लगभग डेढ वर्षको समय लागेको हो । चलचित्रमा काठमाडौँ, राराताल, म्यानमार, थाइल्याण्ड आदि स्थानका दृश्य समेटिएको छ । प्रेमगीत – १ को सफलताले प्रेमगीत – २ का लागि प्रेरणा दिएको बताउने चलचित्रका नायक प्रदीप खड्का (प्रेम)ले यो चलचित्र अत्याधिक दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभयो ।

चलचित्रकी नायिका अश्लेषा ठकुरी(गीतु)ले चलचित्र हेरेपछि नेपाली मूलका म्यान्मारवासीले नेपाललाई गर्ने माया, त्यहाँ रहेका नेपालीप्रतिको धारणा, सच्चा प्रेमका लागि गर्नुपर्ने संघर्षलगायतका विषयलाई दर्शकले अनुभूति गर्ने बताउनुभयो ।

प्रेमगीत–२ को उत्कृष्ट कभर गीत गाउनेलाई एकलाख पुरस्कार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK