पोखरामा जंगल फेस्टिभल,कलाकारको साथमा झुमे दर्शक

ENGLISH

ENTERTAINMENT

पोखरामा जंगल फेस्टिभल,कलाकारको साथमा झुमे दर्शक

26 February, 2017 | Bhawana Pathak | 755 Views | comments

पोखरामा लोपोन्मुख समुदायमा पर्ने कुसुण्डा जातीका राजामामाले उद्घाटन गरको जंगल फेस्टिभल जारी छ ।जंगल र जंगली जीवन शैलीको महशुश गराउन यो फेस्टिभल आयोजना गरिएको थियो |फेस्टिवल आगामी फागुन २१ गतेसम्म चल्ने छ ।

jangal

पोखराको शान्ति वन वाटिकामा भएको उक्त फेस्टिवल शनिबार सर्कसहितका विभिन्न सांगितिक कार्यक्रमले तताइयो । शनिबारको कार्यक्रममा आस्था वस्याल, आस्था राउत, रमेश दुलाल, जादुगरलगायतले आफ्नो रोचक प्रस्तुति दिएका थिए । उनीहरुले आफ्नो प्रस्तुति दिँदै गर्दा दर्शकहरुले वान्स मोरको हुटिङ लगाएका थिए ।

कलाकार दुलाललाई कागे भनेर सम्बोधन गरिन्छ | उनले कागको जस्तै आवाज निकाल्न सक्छन र मुखबाट बिभिन्न किसिमका बाजागाजा पनि बजाउन सक्छन | जंगली फेस्टिभलमा उनको बिशेष प्रस्तुति रह्यो | उनले विभिन्न चराचुरुङ्गी र जनावरको आवाज निकालेर त जंगल फेस्टिभलको स्वभाव बढाउने काम गरेका थिए ।

फेस्टिभलमा चर्चित कलाकार भीमू गुरुङको प्रस्तुतिमा कलाकार झुमे । आज कलाकारहरुको बेजोड प्रस्तुती रहने बताइएको छ । आयोजक परिचय नेपालका अनुसार भोलि पनि दीपकराज गिरी, दीपाश्री निरौला, रामजी खाड, आकांक्षा बस्याललगायतको बेजोड प्रस्तुति रहने छ । फेस्टिवलमा दर्शकले जंगल र जंगली जीवनशैली अनुभूत गर्न पाउने गरी थुप्रै आकषर्णका विषय बस्तुहरु राखिएको छ ।फेस्टिवलमा नेपाल र भारतको रेस्लिङ, फेशन सो, नाटक मञ्चनसंगै गजल र मुक्तक समेत वाचन हुने बताइएको छ ।

जंगली जीवनशैली र यसबाट मानव जातिले अनुभूत गर्ने बिभिन्न बिषयमा कुराकानी गरिएको थियो | कार्यक्रम अवधि भर सांगीतिक कार्यक्रम गरिने छ | सबै जातिले मानव जातिको दर्जा पाउनुपर्ने माग सहित यो कार्यक्रम गरिएको बुझिएको छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK