पोखराको खाल्टे मसिनामा बर्ड फ्लु

ENGLISH

पोखराको खाल्टे मसिनामा बर्ड फ्लु

26 February, 2017 | Krishna Adhikari | 595 Views | comments

bird-flu-story_647_072416120227पोखराको खाल्टे मसिनामा एक कृषकले पालेका हाँसमा बर्ड फ्लु रोग देखा परेको छ ।सो ठाउँ वस्ने मिना परियारले पालेका हाँस विरामी परेपछि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्ड फ्लु रोग देखा परेको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक एवं सूचना अधिकारी डा ठगेन्द्र प्रसाद अर्यालले जानकारी दिनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको अध्यक्षतामा आज वसेको जिल्ला दैविक प्रकोप उद्धार प्राविधिक समितिको वैठकले खाल्टे मसिनाको पूर्वमा खहरे खोला, पश्चिममा भगवती मार्ग, उत्तरमा खाल्टेमसिना पीच रोड र दक्षिणमा त्यस ठाउँको भीर पहरोको ५०० मिटरसम्मको चार किल्ला क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

बर्ड फ्लु रोगलाई अन्यत्र नसरोस् भनेर त्यस चार किल्ला भित्र २४ घरपरिवारले पालेका २५६ कुखुरा, ४१ हाँस, ६७ किलो दाना र ४२ किलो पक्षी तथा पक्षीजन्य पदार्थ नष्ट गरी खाल्टो खनेर व्यवस्थापन गरिएको डा अर्यालले वताउनु भयो ।

समितिले सो क्षेत्रलाई ४२ दिनसम्म संकटग्रस्त क्षेत्र घोषणासंगै पक्षी तथा पक्षीजन्य पदार्थ विक्री वितरणमा रोक लगाएको र पोखरा नगर क्षेत्रमा रहेर व्यवसाय गरेका कृषकहरुले पनि पक्षीहरु पाल्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आपूmले पालेका पक्षीहरु विरामी परेर मरेमा तुरुन्त जिल्ला सेवा कार्यालयमा तुरुन्त खवर गर्न र पक्षी तथा पक्षीजन्य पदार्थ ओसार पसार गर्दा उच्च सतर्कता अपनाउन पनि समितिले सवैलाई सचेत गराएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK