पेरिसमा हुने १३औ नेपाल महोत्सवको तयारी पूरा

ENGLISH

पेरिसमा हुने १३औ नेपाल महोत्सवको तयारी पूरा

1 June, 2016 | arjun baral | 1255 Views | comments

Captureहरिहर अर्याल, पेरिस
फ्रान्सको राजधानी पेरिसमा हरेक बर्षको जुन महिनामा नेपाल महोत्सव एवं मेला हुँदै आइरहेको छ । यस बर्षको १३ औ महोत्सव आगामी जुनको ४ र ५ का दिन हुन गइरहेको छ । सन् २००२ मा स्थापना भएको नेपाली सांस्कृतिक गृह (Maison Culturelle du Nepal)  नामक नेपाली मैत्री संघले यो मेलाको आयोजना गर्दै आएको छ । मेला आयोजनाको प्रमुख उद्देश्यहरुमा बुद्धको जन्म भूमि र सगरमाथाको देश नेपाललाई चिनाउनु, विभिन्न कलाकौशल र सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेर नेपालको बिबिध कला र संस्कृतिको पहिचान गराउनु, नेपालवाट झिकाएका हस्तकला, मूर्तिकला तथा पोशाकहरु बिक्रि गरेर नेपाली घरेलु उद्योगलाई सहयोग गर्नु , मेला स्थलमा नेपाली दाल भात सहित विभिन्न नेपाली परिकारहरु तयार गरेर बिक्रि गरि नेपालको खानाको स्वाद चखाउनु, नेपालको कला, संस्कृति, पर्यटन , पुरातत्व आदिका ज्ञाताहरुद्वारा बिबिध बिषयमा प्रवचन (conference) गराई नेपाल चिनाउनु र नेपालमा पर्यटन प्रबर्धन गर्न सहयोगी हुनु रहेको छ । यी सबै उद्देश्यहरुको साथ यस्ता कार्यक्रमहरु गर्दै आर्थिक कोष खडा गरेर पेरिसमा आफ्नै नेपाली घर किन्ने वा निर्माण गर्ने संघको प्रमुख उद्देश्य रहेको छ ।

नेपाल महोत्सव पेरिस महानगरको १२ औ वडामा अवस्थीत रमणिय (Bois de Vincennes) भाँसेन बगैचा भित्र आयोजना हुनेछ । यो विशाल बगैचा भित्र विभिन्न ताल तलैयाहरु, फूलहरु, बोट बृक्षहरु, चराचुरुंगीहरुको कृडा स्थल, मनोरन्जनका विभिन्न साधनहरुको साथै फ्रान्सको बौद्ध समाजले स्थापना गरि संचालन गरेको बुद्धको गुम्बा परिसर पनि छ । झन्डै ३र४ हेक्टर जमिन क्षेत्रफल भएको गुम्वा परिसर आफैमा ठूलो छ भने गुम्वा (मन्दिर) मा संभवत युरोपकै भीमकाय बुद्ध भगवानको ध्यान मुद्राको सुनौला मूर्ति स्थापना भएको छ । फ्रान्सका बौद्ध मार्गीको लागि यो गुम्वा महत्वपूर्ण तिर्थ स्थल हो । यो परिसरमा हप्रान्तरमा प्राय सधै एक न एक मेलाको आयोजना भइरहेको हुन्छ । पेरिस भित्रको यति सुन्दर र महत्वपूर्ण तीर्थ स्थलमा नेपाली मेला आयोजना गर्न पाउनु हामी नेपालीको लागि गौरबको कुरा हो ।

मेलाको कार्यक्रम ३ जुनको शुक्रबार साँझबाट प्रारम्भ भई आइतवार राती समाप्त हुने गरेको छ । मेलामा नेपाली राजदूतावास लगायत फ्रान्सका नेपाली मैत्री संघहरु र अन्य तीसौ संघ संस्थाले आ-आफ्नो स्टल राखेर पेरिसको ठूलो जनसमुदाय आगन्तुकलाई आ-आफ्नो संघ संस्थाको कृयाकलापको जानकारी दिंदै संघ संस्थाको कोष वृद्धिकोलागि राखिएको सर-सामान बिक्री गर्दछन् । आयोजक संघले मेला स्थलमै नेपाली खानको साथै जिलेवी , सेल , पकौडा, म:म आदि तयार गरेर बिक्री गर्ने परम्परा बनेको छ । मन्दिर परिसर भित्र भव्य मन्चमा नेपालको हिमाल, पहाड, उपत्यका र तराईका बिभिन्न नेपाली लोक सांस्कृतिक नृत्यहरु अटुट रुपमा संचालन भइरहेको हुन्छ भने नेपाली पुरातत्व, कला, संस्कृति, प्राकृतिक सम्पदा र प्रयटनका विज्ञहरुद्वारा दशौ विषयमा प्रवचन पनि गरिनेछ । नेपाली ध्वजा पतका र झन्डाले सिंगारिएको मेला स्थलमा नेपाली विविध संगीतका स्वर र धूनले जो कोही पदयात्रीलाई पनि प्रवेश गर्न आकर्षक पारिने छ  । दुई दिने मेलामा पाँच हजार दर्शक आउने अपेक्षा गरिएको छ । मेलाको प्रवेश शुल्क केवल ३।५०र( युरो हुने गरेको छ । मात्रीभूमि नेपाल र नेपालीकै हितकोलागी संचालित यो मेला सफल बनाउन नेपाली सांस्कृतिक गृह पेरिस फ्रान्स, सम्पूर्ण नेपाली र फ्रेन्च मित्रहरुलाई हार्दिक अनुरोध गरेको छ  । साथै मेलामा भाग लिन फ्रान्स र युरोपका नेपाली दाजुभाइ दिदी वहिनीहरुलाई आमन्त्रण गरेको छ ।

डेनमार्कमा सगरमाथा दिवस मनाइयो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK