पूर्व मन्त्री कँडेलको पहलमा अपहरणमा परेका बालकको उद्धार

ENGLISH

devendra-raj-kandel-with-arrested-boy

पूर्व मन्त्री कँडेलको पहलमा अपहरणमा परेका बालकको उद्धार

16 January, 2018 | Kabi Adhikari | 3355 Views | comments

नवलपरासी । नवलपरासी नेपाली कांग्रेसका युवा नेता एवंम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेलको बिशेष पहलमा अपहरणमा परेका एक भारतिय बालकको सकुसल उद्धार भएको छ । गत बिहीवार भारत उत्तर प्रदेश ठुठिबारी बाट १करोड फिरौती माग रकम सहित अपहरणमा परेका ७ बर्षिय बालक आयुस निगमको सकुसल उद्धार भएको हो ।

devendra-raj-kandel-with-arrested-boy

बालकको सकुसल उद्धारकालागी पुर्व गृह राज्य मन्त्री एवंम् प्रतिनिधी सभा सदस्य देबेन्द्रराज कँडेलले नेपाल र भारत दुबै क्षेत्रका सबै सुरक्षाकर्मीहरु सँग समन्वय गरेपछि सो बालकको सकुसल उद्धार गरिएको छ ।

ठुठीवारीका कपडा ब्यवसायी बबलू निगमका ७ बर्षिय छोरा आयुस निगम ठुठीबारी बजारबाट अपहरणमा परेका थिए । कँडेलको पहलमा नेपाल प्रहरी तथा भारतिय सुरक्षाकर्मी को विशेष सहयोगमा नेपालसँग सिमा जोडिएको बिहार राज्य को वाल्मीकि नगर जङ्गल क्षेत्रबाट बालकको उद्धार गरिएको हो ।

ठुठीवारीमा रहेको राधाकुमार ईन्टल कलेजको प्रबन्ध सन्चालक समेत रहनुभएका कँडेलले बालकको अपहरण भएको थाहापाएपछि आफ्नो दायीत्व महशुस गरी दुबै क्षेत्रका माथिल्लो तहका सुरक्षा अधिकारी सँग समन्वय गरी बालकको सकुसल उद्धार गर्न मद्दत गरेको कँडेलले जानकारी दिनुभयो ।

यसैबिच भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको ठुठीबारी ग्रामसभा ४ ठुठीबारी बजारबाट अपहरण गरिएको एक बालकको सकुसल उद्धार गरि अपहरणकारीलाई नियन्त्रणमा लिइएको छ ।

नेपाल भारतको सिमावर्ति बजार ठुठीबारीको ठुलो व्यपारी बब्लु निगमको ९ बर्षिय नाबालक छोरा आयुस निगमको प्रहरीले विहारको टंकीबजारबाट अपहरणकारीहरुलाई नियन्त्रणमा लिदै बालकको उद्धार गरेको हो । भारतको पुलिस डिपार्टमेन्ट स्कवाईट टिमका प्रभारी दिलिप सिंह, ठुबारीका कोतवाल बृजनन्दन सिंह र नेपालको प्रहरीको संयुक्त टिमले ति अपहरणकारीहरुलाई नियन्त्रणमा लिदै बालकको उद्धार गरेका हुन् ।

पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्ता पुर्व बिनयी त्रिवेणी गाउंपालिका रानीनगर निवासी निरज श्रेष्ठ, भारतको विहार प्रदेश बालमिकि नगर राधव यादव, भारतको उत्तर प्रदेश ठुठीबारी निवासी राजेश निगम, ठुठीबारीकै निवासी सोनु निगमलाई पक्राउ गरि अपहरण मुद्दा चलाउने ठुठीबारी कोतवाल बृजनन्दन सिंहले बताए । बालक आयुस निगम गत विहिवार दिउसो ठुठीबारी बजारबाटै गायब भएका थिए । बालकलाई अपरिचित व्यक्तिले आफनो मोटरसाईकलमा चढाई अपहरण गरेपछि पिडित पक्षको घरपरिवार र ठुठीबारी बजारमा हल्ला भएको थियो ।

बालक अपहरणमा परेपछि बालकको बुवा बब्लु निगमसंग १ करोड नेपाली रुपियाको मागिएको भएकोे थियो । बालकलाई अपहरण गरि नेपालको भुमी हुदै भारतको विहार राज्यको भैसालोट क्षेत्रमा लुकाइएको थियो । भनिएछ कि व्यपारी बब्लु निगम संग १ करोड रुपिया माग गर्दै बालकलाई फिर्ता गर्ने अपहरणकारीको मागिएको आएपछि नेपाल भारतको प्रहरीले संयुक्त रुपमा यस घटनाको अनुसन्धान गरिरहेको थियो ।

दुबै पक्षका प्रहरीले विभिन्न सुराकी अपनाउदै अपहरणकारीको खोज तलास गर्ने र अपहरणकारी समुहलाई नियन्त्रणमा लिन विभिन्न शुत्र प्रयोग गरिरहेका थिए । पिडित पक्षले अपहरणकारी समुहको धम्कीले घटनालाई लुकाउन खोजेपनि प्रहरीको अनुसन्धान भने जारी नै थियो । बालक अपहरण भएपछि ईलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीले यस घटनामा संलग्न हुन सक्ने शंकाको आधारमा ठुठीबारीकै एक जना युवकलाई नियन्त्रणमा लिई सोध पुछ गरिहेको थियो ।

बालकलाई अपहरण गरेको उक्त समुहले टंकी बजारमा २ करोड रुपिया लिएर बालकका बुवा बब्लुलाई बोलाएका थिए । व्यपारी बब्लुले अपहरणकारीलाई डिमांड रकम दिने र बालक लिने क्रममा दुबै पक्षको प्रहरीले संयुक्त रुपमा ति अपहरणकारीलाई नियन्त्रण लिइएका थिए ।

व्यपारी बब्लु निगम ठुठीबारीको सबै भन्दा ठुलो व्यपारी हुन् । बब्लु आफनै निवासमा कालिका बस्त्रालय खोली व्यपार गर्दै आएका छन् । उनी भारु र नेपाली रकमको बट्टा लिई साटासाट गर्ने कारोबार पनि गर्दै आएका छन् । यसै व्यपारबाट उनी करोडौं रकम कमाएको स्थानयि दावी गर्छन । उनको सम्पत्ति र कमाई देखेरै उनको छोरो आयुसलाई अपहरण गरिएको हुन सक्ने स्थानियको अनुमान छ ।

अामाकाे शव माथि दुध चुसिरहेको अवस्था एक बालक फेला परेपछि

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK