पूर्व अर्थमन्त्री वर्षमान पुन चढेको गाडी एम्बुसमा

ENGLISH

POLITICS

पूर्व अर्थमन्त्री वर्षमान पुन चढेको गाडी एम्बुसमा

11 November, 2017 | Kunjar Bhattarai | 995 Views | comments

वर्षमान पुन

शुक्रबबार पूर्व गृहमन्त्री जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार गरेकको घटना सेलाउन नपाउँदै शनिबार रोल्पामा पूर्व अर्थमन्त्री वर्षमान पुन चढेको गाडी एम्बुसमा परेको छ ।

निर्वाचन प्रचारका क्रममा रोल्पा जिल्लाको सुकीदहमा शुक्रबार चुनावी कार्यक्रम सकेर घर्तीगाउँ फर्कने क्रममा शनिबार मध्यान्ह पुन चढेको बा १५ च ८६२८ नम्बरको गाडी माडी गाउँपालिका १ भिटाबाङ नजिक पेदीखोलामा एम्बुसमा परेको हो ।पुन सवार गाडीभन्दा दुई मिटर अगाडि विस्फोट भएको थियो । विस्फोटबाट गाडीमा सामान्य क्षति पुगेको छ । मानवीय क्षति भएको छैन । एम्बुसले सडकमा ठूलो खाडल बनाएको छ ।

विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । निर्वाचन गतिविधिमा अवरोध पुर्‍याउन खोज्ने नेकपाका कार्यकर्ता केही दिनअघि पक्राउ परेकाले ती समूहले प्रतिक्रियास्वरुप एम्बुस विस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।पूर्वअर्थमन्त्री पुन केही दिनमा नेकपाको ‘प्रभाव क्षेत्र’मानिएको थवाङमा जाने योजना रहेको उनको सचिवालयले जनाएको छ ।

यसैबीच एमाले, मा‌ओवादी केन्द्र सम्मिलित वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट उम्मेदवारी दिएका पुनले आफूहरुको हत्याको योजनासहित बम विस्फोट गराइए पनि निर्वाचन प्रचार अभियान नरोकिने बताउनुभएको छ ।पुनले उनले उम्मेदवारहरुको सुरक्षामा गम्भीर ध्यान दिन सरकारलाई आग्रह गर्दै अपराधिक क्रियाकलाप बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिनुभएको छ ।

प्रचण्डले बजेट ल्याएर सरकार छाड्ने : पूर्व अर्थमन्त्री पुन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK