पूर्वाञ्चलमा पर्यटक आगमनमा वृद्धि

ENGLISH

पूर्वाञ्चलमा पर्यटक आगमनमा वृद्धि

30 December, 2016 | Krishna Adhikari | 900 Views | comments

tourists

पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्षमा पर्यटक आगमनमा वृद्धि भएको छ ।आरक्षमा चालु आवको साउनदेखि मङ्सिर महिनासम्ममा विदेशी ८१ जनासहित चार हजार ३८० पर्यटक आएको कोसीटप्पु वन्यजन्तु आरक्षको कार्यालयले जनाएको छ ।

आरक्षमा अर्ना, चराचुरुङ्गी हेर्नका लागि नेपाल तथा विदेशी मुलकबाट आउने पर्यटकमध्ये सबैभन्दा बढी कात्तिक महिनामा एक हजार ६७० आन्तरिक पर्यटक आएकामा ४२ जना विदेशी पर्यटक रहेको आरक्षका संरक्षक अधिकृत श्याकुमार साहले जानकारी दिनुभयो ।

साउन महिनामा ६१५ र भदौमा ९२२ आन्तरिकसहित दुई विदेशी, असोजमा ६८५ आन्तरिक र १९ विदेशी र मङ्सिरमा ९४७ आन्तरिक र १८ विदेशी पर्यटक आएको आरक्षका संरक्षण अधिकृत साहले बताउनुभयो ।

आरक्षका संरक्षण अधिकृत साहले अबका दिनमा जङ्गल क्षेत्रमा जङ्गली हात्तीका त्रास भएका कारण पर्यटक आगमनमा कमी हुने बताउनुभयो । आरक्षमा अहिले पर्यटक आगमनलाइ निषेध गरिएको छ । पर्यटक आगमनबाट आरक्षले रु पाँच लाख १० हजार ९०९ राजस्व सङ्कलन भएको जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK