पूर्वमन्त्री ढकाल संलग्न संस्थाको भिसाबाट कोरिया पुगेका नेपाली सडकमा माग्दै

ENGLISH

NRN GLOBAL

पूर्वमन्त्री ढकाल संलग्न संस्थाको भिसाबाट कोरिया पुगेका नेपाली सडकमा माग्दै

16 February, 2018 | Sandeep Bhattarai | 3840 Views | comments

हट्टाकट्टा जवान युवा विदेशका सडकमा हात फैलाउँदै मागिरहेको देख्दा एउटा नेपालीले कस्तो महसुस गर्ला ? एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामाले दक्षिण कोरियाको व्यस्त सडकमा शुक्रबार तीन नेपाली युवा पैसा मागिरहेको अवस्थामा भेटिन् ।

यो दृश्यले उनको मन खिन्न भयो, देशको इज्जत नै लुटिएजस्तो लाग्यो।ती युवा राजधानी सोलको नाम्भु (उत्तर दक्षिण) बस टर्मिनलमा केही पत्र देखाउँदै बटुवासँग पैसा मागिरहेका थिए। लामासँग पनि कोरियन ठानेर उनीहरूले हात फैलाए। लामाले सुरुमा केही तस्बिर खिचिन्। जब उनले नेपालीमा कुरा गर्न थालिन्, दुई युवा तत्कालै भागे। नजिकै रहेका अर्का युवा पनि आफू नेपालमा अध्यापक रहेको र अध्ययनको सिलसिलामा कोरियामा रहेको र खर्च अभावले यसरी माग्नुपरेको बताउँदै भागिहाले।

लामाका अनुसार ती युवा इन्टरनेसनल रिलिफ फ्रेन्डसिप फाउन्डेसन (आईआरएफएफ नेपाल) नामक संस्थाको पत्र देखाउँदै पैसा मागिरहेका थिए। संस्थाको लेटरप्याडमा सचिव प्रियारत्न महर्जनको हस्ताक्षर थियो। ‘जो जससँग सम्बन्धित छ’ भनी पत्रमा नेपालबाट कोरिया भ्रमणमा आएका स्वयंसेवी विद्यार्थीले गरिब बालबालिकाका लागि कोरियामा आवश्यक सहयोग लिन अनुमति लिएको उल्लेख छ। संस्थाले नेपालमा अनाथ तथा गरिब बालबालिकाका लागि स्वास्थ्य र शिक्षामा सहयोग गरिरहेको जानकारी गराएको छ।

यस घटनाबारे दूतावासलाई सूचित गरिएको लामाले बताइन्। उनका अनुसार दूतावासले यसबारे अध्ययन गर्ने आश्वासन दिएको छ। नेपालीलाई रोजगारी दिँदै आएको देशमा ती युवाले बटुवासँग पैसा मागेको देख्दा दु:ख लागेको लामाले बताइन्। ती युवाबाट प्राप्त सूचीअनुसार एक जना दाताले ५ हजारदेखि ५ लाख वन (५० हजार रुपैयाँ) सम्म रकम दिएका छन्।
कोरियाका सडकमा पैसा माग्दै हिँडेको यो पहिलो घटना भने होइन। यसअघि पनि यस्तै युवालाई नेपालीले नै भेटेर ‘नेपालको बेइज्जत गरे’ भन्दै दूतावासमा पुर्‍याइदिएका थुप्रै उदाहरण छन्।

सन् २०१२ मा सुवन सहरको एक विश्वविद्यालय अगाडि सडकमा गरिब बालबालिकाको तस्बिर देखाउँदै पैसा मागिरहेको भेटेपछि स्थानीय नेपाली व्यवसायी बुद्धि गुरुङ र कहरमान राईले समातेर तत्काल दूतावास पुर्‍याएका थिए। तत्कालीन राजदूत कमानसिंह लामाले सोधपुछ गरी अब यस्तो नगर्नु, फेरि यसरी भेटिए प्रहरीलाई जिम्मा दिने डर देखाएर पठाइदिएको व्यवसायी गुरुङको अनुभव छ।

यसरी नै पटकपटक गरी ९ युवालाई दूतावास पुर्‍याएको सोलका अर्का व्यवसायी पुरु जोशी बताउँछन्। तर दूतावास र कोरियन प्रहरीले पनि उनीहरूलाई केही गर्न नसकेको गुनासो जोशीको छ। सन् २००७ देखि नै कोरियाका सडकमा यसरी नेपाली युवा माग्दै गरेको भेटिएको जोशीको अनुभव छ। कोरियाको क्रिस्चियन विश्वविद्यालय सनमुनबाट विद्यार्थी भिसा मिलाई युवाहरू कोरिया प्रवेश गर्ने गरेको जोशीको भनाइ छ।

पूर्वमन्त्री एकनाथ ढकाल संलग्न ‘वर्ल्ड पिस’ नामक क्रिस्चियन संस्थाले युवायुवतीलाई कोरिया पठाएर सडकमा पैसा माग्न लगाइरहेको ती युवाले बताएको जोशीले जानकारी दिए। यसरी उठाएको पैसा संस्थालाई बुझाउने र आफूहरूले कमिसन पाउने गरेको ती युवाले बताएका थिए। यसबारे दूतावासले अध्ययन थालेको जोशीले सुनाए। बाटोमा पैसा मागिरहेको दृश्य कैद गरी फेसबुकमार्फत सार्वजनिक गर्दै कोरियामा यस्ता गतिविधिविरुद्ध अभियान नै सञ्चालन गरेपछि केही कम भएको तर अहिले फेरि देखिन थालेको जोशीले सुनाए।

कान्तिपुरबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK