पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशुलीमा खस्यो, खाेजीकार्य जारी

ENGLISH

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशुलीमा खस्यो, खाेजीकार्य जारी

26 September, 2016 | Bipin Acharya | 965 Views | comments

पूर्व मुख्य सचिव तथा गृहमन्त्री माधवप्रसाद घिमिरे परिवारसहित चढेको बा९च १५३१ नम्बरको गाडी आइतबार अपरान्ह पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोक ३ बाट त्रिुशलीमा खस्दा ३ जनाको मृत्यु भएको छ । घिमिरेसमेत ३ जना बेपत्ता छन् ।

25092016094843accident_5

सात जना सवार गाडी अपरान्ह साढे ४ बजे मुग्लिन र मनकामनाबीच घोप्टे भिरबाट करिब डेढ सय मिटर तल त्रिशुलीमा खसेको कुरिनटारस्थित विपत व्यवस्थापन तालिम केन्द्रले जनाएको छ । तालिम केन्द्रका सशस्त्र प्रहरी उपरिक्षक गणेशबहादुर थापाका अनुसार साँझ अबेर गम्भीर अवस्थामा उद्धार गरिएका ३ जनाको उपचारका लागि लादै गर्दा बाटैमा मृत्यु भएको छ ।

घिमिरेकी आमा चैतन्या, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको हो । दुर्घटनामा घाइते चालक विष्णु राईलाई भने भरतपुर ल्याइएको छ । उनको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । साँझ अबेरसम्म पुर्वगृहमन्त्री घिमिरे, उनका भाई मोहन र प्रकाश घिमिरे बेपत्ता छन् ।

( माधका भाइ),मृतक नारायण काफ्ले (माधवका भान्जा) बीचमा बेपत्ता माधव घिमिरे र भाइ प्रकाश घिमिरे । यो तस्बीर शनिबार मुक्तिनाथ दर्शनपछि फेसबुकमा पोष्ट गरिएको हो ।

सशस्त्रका एसपी थापाले घटनाको खबर प्राप्त हुने वित्तिकै आफ्नो नेतृत्वमा ३५ जना उद्धार र खोजीमा सक्रिय रहेको जानकारी दिए । उद्धारमा इलाका प्रहरी मुग्लिनको टोली पनि तत्काल पुगेको थियो । खबरलगत्तै जिल्लाका प्रहरी प्रमुख एसपी बसन्त कुँवर घटनास्थल पुगेका थिए ।

‘पानीको करेण्ट ज्यादा छ,’ सशस्त्रका एसपी थापाले भने, ‘रात परेपछि अप्ठेरो भएको छ ।’ उनले राति पनि जेनेरेटेरबाट बत्ती बालेर खोजी जारी राखेको कान्तिपुरसित बताए । नदीमा बेपत्तालाई बगाएको आशंकामा खोजीका लागि एउटा टोली मुग्लिन क्षेत्र खटाइएको छ । ‘खोजी कार्य रातभरी चल्छ होला,’ थापाले भने ।

खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएका छन् । सशस्त्र प्रहरीको टोली गोताखोरसहित घटनास्थलमा पुगेको छ ।
जनपदका एसपी कुवरले गाडी घिमिरेले चलाएको कुरा आए पनि कसले चलाएको भन्ने पुष्टि भई नसकेको बताए । ‘स्कोरपियो हो की कार हो भन्ने पनि पत्ता लाग्न सकेको छैन,’ उनले भने । एपसी कुवरका अनुसार रातिसम्म पनि नदीमा खसेको गाडी फेला परेको छैन । दुर्घटनाको कारण पनि खुल्न सकेको छैन ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । सडकको किनारामा रहेको रेलिङ ट्रकले भाचेको स्थानबाट घिमिरेको गाडी खसेको हो । त्यही स्थानबाट एक साता अघि खसेको ट्रक पनि पत्ता लागेको छैन । अर्को गाडी ओभरटेक गर्दा खसेको प्रहरीले अनुमान गरेको छ ।

घिमिरे परिवार मुस्ताङस्थित मुक्तिनाथ धाममा श्राद्ध गरेर फर्कंदै थियो । २०६६ साउन २२ देखि ०६९ साउन २१ सम्म मुख्य सचिव भएका घिमिरे खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषदमा गृह तथा परराष्ट्र मन्त्री थिए ।

कान्तिपुर बाट 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

globle-ime-bank-belayat

बेलायतमा पनि खुल्यो ग्लोबल आइएमई बैंकको सम्पर्क कार्यालय

लण्डन । बेलायतमा पनि ग्लोबल आइएमई बैंक लिमिटेडले सम्पर्क...

om-bikram-bishta

म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने छु : पप सम्राट बिष्ट

दुवै मिर्गौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले...

indonesia-earthquake

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जाकार्ता । मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२...

new-york

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम सम्पन्न

नेपालको पर्यटन–प्रबर्धनमा सघाउ पुर्याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK