पुरुषोत्तम न्यौपानेले कोलोराडोमा सबैलाई नचाए

ENGLISH

NRN GLOBAL

पुरुषोत्तम न्यौपानेले कोलोराडोमा सबैलाई नचाए

नातिबाबु भट्ट,कोलोराडो, अमेरिका

25 July, 2017 | Sandeep Bhattarai | 810 Views | comments

पुरुषोत्तम न्यौपानेको एकल सांगीतीक साँझ

नेपाली लोक सांगीतका चम्किला तारा पुरुषोत्तम न्यौपानेको एकल सांगीतीक साँझ कोलोराडोमा भब्यरुपमा सम्पन्न भयो ।

शनिबार कोलोराडो स्प्रिङमा र आईतबार वेष्ट मिनिस्टरमा सम्पन्न एकल सांगीतीक साझमा गायक न्यौपानेले आङ्खना लोकप्रयि गीत सयौं श्रोताहरुमाझ पस्किएर सबैलाई नचाएका हुन् ।

पुरुषोत्तम पाण्डेको आयोजनामा लिटिल ईन्डियामा र दिनेश भट्टराइको आयोजनामा याक एण्ड यती रेष्टुरेन्टमा सम्पन्न कार्यक्रममा उनले झिमझिम सितार, ऐना हेरेर, सरर पानी घट्टमा, मत हिंडे पोखरा, मोहनी तिम्रा बोलीमा, जस्ता चर्चित लोक गीत, तीजका गीत र भजनहरु गाएर दर्शकहरुलाई तताएका थिए ।

कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्धी जिवी, साना बाल बालिका, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । तिजका गीत पुरुषहरुले पनि गाउन हुन्छ भनेर सुरुगरेका न्योपानेको प्रस्तुती हेर्न ठूलो संख्यामा महिला दिदी बहिनीहरु साडी चोलो लगाएर उपस्थित भएका थिए । तिजको झल्को दिनेगरी दिदी बहिनीहरुले छम छम नाची रहदा आफूलाई नेपाली घर आगनमा भएको आभास हुन्थ्यो ।

पुरुषोत्तम न्यौपानेको एकल सांगीतीक साँझ

नेपाली लोक संस्कृति कति सुन्दर र अविष्मरणीय छ, यो संसारको जुनसुकै कुनामा जस्तो सुकै अवस्थामा पनि भुन्न सक्दैनौ भन्ने प्रमाण यहाँ प्रष्ट देख्न सकिन्थ्यो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK