पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

ENGLISH

POLITICS

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

26 April, 2018 | Kabi Adhikari | 4585 Views | comments

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र पार्टीगत रुपमा नभई सबैलाई विपत आइपर्ने हुनाले पुनः निर्माणका लागि सबैले साझा मत लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

rabindra-adhikari

फाइल फोटो

काठमाडौँ महानगरपालिकाले २०७२ सालको महाभूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा बुधबार आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा मन्त्री अधिकारीले विपत पछिको पुनः निर्माण सबैको दायित्व रहेको बताउनुभएको हो ।

काठमाडौँका सांस्कृतिक सम्पदालाई सम्पदाको रुपमा मात्र नभई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा पनि उहाँको जोड रहेको थियो ।

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय बासिन्दाको अगुवाई र कामपाको सहयोगमा आगामी जेठ १५ देखि काष्ठमण्ठपको पुनः निर्माण शुरु गर्ने जानकारी दिनुभयो ।

कामपाको उपप्रमुख हरिप्रभा खड्की (श्रेष्ठ)ले विपतमा जहिले पनि महिला र बालबालिका बढी प्रभावित हुने हुँदा तीनलाई मध्यनजर गर्दै काम गर्नुपर्ने बताउनुभयो ।

पूर्वरक्षा मन्त्री भीमसेनदास प्रधानले काठमाडौँको बढ्दो शहरीकरणका कारण पनि विपद्को समयमा बढी जनधनको क्षति व्यहोर्नुपरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले भवन निर्माण संहितालाई पूर्ण रुपमा कार्यान्वयन गर्दै सबै सार्वजनिक खुल्ला स्थानको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा २०७२ सालको गोरखा भूकम्पमा परी ज्यान गुमाउनको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।

पर्यटनमन्त्री अधिकारीद्वारा आफ्ना सय दिने प्राथमिकता सार्वजनिक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा...

“नालीना एकल साङ्गितिक साँझ” अब पोर्चुगलमा

दुई दशक पहिलेकी चर्चित नेपाली पप गायिका नलीना चित्रकार...

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि आज अपरान्ह ४ बजे गरिने

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK