पिएसजीको फराकिलो जित, बार्सिलोना ४-० ले पराजित (भिडियो)

ENGLISH

SPORTS

पिएसजीको फराकिलो जित, बार्सिलोना ४-० ले पराजित (भिडियो)

बोरुसिया डर्टमुण्ड बेन्फिकासंग १-० ले पराजित

15 February, 2017 | Sandeep Bhattarai | 940 Views | comments

पिएसजी

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ । मंगलबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेनले बार्सिलोनालाई ४-० को भारी अन्तरले पराजित गर्यो ।

घरेलु मैदानमा भएको एकतर्फी खेलको १८औं मिनेटमा एन्जेल डि मारियाले गोल गर्दै पिएसजीलाई १-० को अग्रता दिलाए । ४० औँ मिनेटमा जनवरीमा क्लब आएक जुलिएन ड्रेक्सरले अर्को गोल गरेपछि पहिलो हाफमै बार्सिलोना २-० ले पछाडि परेको थियो। पहिलो हाफमा २-० ले पछि परेपछि दबाबमा परेको बार्साले मारियाको व्यक्तिगत दोस्रो गोल्क्प मद्दतमा खेलको ५५ औं मिनेटमा तेस्रो गोल खायो । त्यस्तै एडिन्सन कभानीले ७२औं मिनेटमा गोल गर्दै जित सुनिश्चित पारेका थिए।

हिजो भएको खेलमा बार्साका स्टार खेलाडी मेस्सी, नेयमार र स्वारेजको प्रदर्शन फितलो रह्यो ।

बोरुसिया डर्टमुण्ड बेन्फिकासंग १-० ले पराजित

बेन्फिका

त्यस्तै युरोपियन च्याम्पियन्स लिग अन्तर्गतनै प्रि क्वार्टर फाइनल राउण्डको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुण्ड पराजित भएको छ।

हिजो भएको खेलमा पोर्चुगीच क्लब बेन्फिकाले बोरुसिया डर्टमुण्डलाई १-० ले स्तब्ध पार्यो । घरेलु टोली बेन्फिकाको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ४८औ मिनेटमा कोस्टास मित्रोग्लु गरेको एक मात्र गोल नै बेन्फिका पहिलो लेगमा जित दिलाउन पर्याप्त रह्यो ।

यद्यपि १-० ले पछाडी परेको डर्टमुण्डले १० मिनेटपछिनै बराबरी गर्ने मौका पाउदा सदुपयोग गर्न सकेन, ५८औ मिनेटमा औबामियांगले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन।

बार्सिलोना र पिएसजीको खेल

डर्टमुण्ड र बेन्फिकाको खेल

स्पेनिस ला लिगा : रियल मड्रिड र बार्सिलोना बिजयी (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK