पानी अभियानलाई हरि पाण्डेयको परिवारले रु १ लाख सहयोग गर्ने

ENGLISH

NRN GLOBAL

पानी अभियानलाई हरि पाण्डेयको परिवारले रु १ लाख सहयोग गर्ने

16 January, 2017 | Sandeep Bhattarai | 1680 Views | comments

हरि पाण्डेयको परिवारहरेक घरमा धारो होस् , हरेक गाउँ सिंचाइ होस् भन्ने नारा अगाडि सारेर विदेशी भूमिबाट शुरुवात गरिएको पानी अभियानमा दिन प्रतिदिन स्वस्फुर्त साथ पाइरहेको छ ।

बिस्तारै पानी अभियानले गति लिरहेको छ । नत कसैसित हात थाप्नु परेको छ न त जबर्जस्ती गर्नुपरेको छ न त पुराण लगाउनु परेको छ । सहयोगी हातहरु दिन प्रतिदिन अगाडि बढिरहेका छन् । पानी अभियान सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै दाङ सिसहनीयाका हाल क्यानाडा बस्ने श्री हरि पाण्डेय एवं उहाँकी धर्मपत्नी निशा पाण्डेयले आफ्नो वैवाहिक वार्षिकोत्सव दिनको अवसरमा रु १ लाख सहयोग गर्ने खबर प्राप्त भएको छ ।

पानी अभियानमा सहजीकरण गर्ने तन मन धन एवम बिचारले साथ दिनु भएका श्री एन बी टन्डन साथै तिर्खाएको गाउँलाई पानी दिन सहयोगी हात अगाडि बढाउने पाण्डेय परिवारलाई अभियानकर्ता पार्देले हार्दिक आभार व्यक्त गर्नु भएको छ । उक्त १ लाख रुपैया हरेक वर्ष २५ हजार गरेर लगातार ४ वर्ष सम्म वैवाहिक जीवनको वार्षिकोत्सवको अवसर पारेर पाण्डेय परिवारले दिने जानकारी पनि पानी अभियानकर्ता मित्रलाल पार्देले गराउनु भएको छ ।

स्मरण रहोस् पानी अभियान शुरु भएको गाउँ जुन गाउँ वर्षौदेखि पानी नपाएर आकुल व्याकुल थियो उक्त गाउँमा जब सम्म हरेक घरमा धारो र सिंचाइ सुनिश्चितता हुँदैन तब सम्म घरमै नजाने गरी विदेशी भूमिबाट मित्र लाल पार्देले पानी अभियान चलाइरहनु भएको छ भने गाउँमा प्रेम के सी को संयोजकत्वमा समितीले कानुनी मान्यता पनि प्राप्त गरिसकेको छ ।

हरेक घरमा धारो र हरेक गाउँ सिंचाइ नपुग्दासम्म घर जान्न : पार्दे

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK