पाठेघरको मुखको क्यान्सर परीक्षण देशभरका सरकारी अस्पतालले निःशुल्क गर्ने

ENGLISH

पाठेघरको मुखको क्यान्सर परीक्षण देशभरका सरकारी अस्पतालले निःशुल्क गर्ने

8 January, 2017 | Krishna Adhikari | 755 Views | comments

bbमहिलामा सबैभन्दा बढी देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशभरका सरकारी अस्पतालले निःशुल्क परीक्षण सेवा दिने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा प्याप स्मेयर टेस्ट निःशुल्क उपलब्ध गराउन  निर्देशन दिएको छ । नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सर्भाइकल क्यान्सर सबैभन्दा बढी देखिएको छ ।

मन्त्रिपरिषद्को गत असोज २२ गते बसेको बैठकले देशभरका सबै सरकारी अस्पतालबाट प्याप स्मेयर परीक्षण निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार मातहतका सबै क्षेत्रीय कार्यालयलाई पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सृष्टि प्रजापतिका अनुसार यस सङ्क्रमणलाई प्रि क्यान्सर भनिन्छ । यसको भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै सङ्क्रमण पत्ता लगाउन नसके आठ÷दश वर्षपछि क्यान्सरमा परिणत हुन्छ । “सङ्क्रमण भए÷नभएको प्याप स्मेयर टेस्ट ९गर्भाशय स्राव परीक्षण० गरेर पत्ता लगाउन सकिन्छ,” प्रजापतिले भन्नुभयो ।

परिक्षण पाँच मिनेटदेखि १५ मिनेटमा गर्न सकिन्छ । प्याप स्मेयर गर्दा दुई दिन अगाडिदेखि यौन सम्पर्क गर्नु हुँदैन । साथै सो परीक्षण महिनावारी भएका बेला गर्न मिल्दैन । परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुँदैन । परीक्षण ३५ वर्षदेखि ६० वर्षका महिलाले वर्षको कम्तीमा एकपटक अनिवार्य रूपमा गर्नुपर्छ । परीक्षणले भविष्यमा ठूलो धनजनको क्षति हुनबाट बचाउँछ ।

चिकित्सकका अनुसार सो परीक्षण पहिला छ महिनाको फरकमा तीनपटक गर्नुपर्छ । तीनैपटक परीक्षणमा नकारात्मक देखिएमा फेरि एक वर्षपछि परीक्षण गर्नुपर्छ । यसमा पनि नकारात्मक देखिएमा तीन वर्षपछि परीक्षण गराउनुपर्छ । यसमा पनि नकारात्मक देखिएमा पाँच वर्षपछि परीक्षण गर्नुपर्छ ।

यसको प्रक्रिया लामो भएकाले बीचमा परीक्षण गर्न नै छाड्ने गरेको पाइन्छ । तर परीक्षण गर्न छाड्न नहुने डा प्रजापति बताउनुहुन्छ । क्यान्सर जतिबेला पनि हुनसक्ने भएकाले यसतर्फ सचेत हुन उहाँको भनाइ छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK