पाको फेस्टामा नेपाली सहभागिता

ENGLISH

NRN GLOBAL

पाको फेस्टामा नेपाली सहभागिता

अस्ट्रेलिया

26 February, 2017 | Sandeep Bhattarai | 1150 Views | comments

पाको फेस्टा

मेलबर्नको जिलोङमा बसोबास गरिरहेका विभिन्न समुदायहरुलाई एकै स्थानमा ल्याउने उद्देश्यका साथ आयोजना हुने पाको फेस्टामा नेपालीहरुले समेत सक्रिय सहभागिता जनाएका छन् ।

मेलबर्नबाट ८० किलोमिटर दुरीमा रहेको उक्त स्थानमा करिब १ सय नेपालीहरु बसोबास गर्छन् । प्रत्येक बर्षको आजैका दिन हुने यस महोत्सव नेपालीहरुले नेपाली कला संस्कृति, परम्परा र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्दै सहभागिता जनाएका हुन् । बहुसांस्कृतिक रुपमा मनाइने यस महोत्सवमा यस स्थानमा रहेका बिभिन्न देशबाट आएका समुदायहरुले आफ्नो कला संस्कृति र परम्परा झल्कने झाँकीहरु प्रस्तुत गरेका थिए । यही अवसरमा नेपाली पोशाकमा सजिएका करिब १ सय नेपालीहरुले पनि विभिन्न झाँकी, लाखे नाच सहित सहभागिता जनाएका थिए ।

जिलोङमा रहेको नेपालीहरुको संस्था जिलोङ नेप्लि एसोसिएसनका अध्यक्ष निरज कारञ्जितका अनुसार यस महोत्सवमा नेपालीहरुले सन् २०१३ देखि नै सहभागिता जनाउँदै आएका हुन् । दुर्गम भेगमा रहेको यस स्थानमा समेत नेपालीहरुले आफ्नो कला संस्कृति र परम्परालाई सबैसामु प्रस्तुत गर्न पाउनु आफुहरुको लागि गर्वको बिषय भएको उनले सुनाए । महोत्सवमा नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले समेत सहभागिता जनाएको थियो ।

पाको फेस्टा

बिहानैदेखि सुरु भएको बहुसाँस्कृतिक परेडमा सहभागिता जनाउनुका साथै बिभिन्न ५ वटा नेपाली नृत्य समेत प्रस्तुत गरिएको उनले जानकारी दिए । कार्यक्रममा जिलोङ बाहेक मेलबर्नमा रहेका नेपालीहरुले समेत सहभागिता जनाएका थिए ।

कान्तिपुरबाट

अस्ट्रेलियामा नेपाल फेस्टिभल हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK