पाँचौँ मिस तामाङको उपाधि रामेछापकी कविता तामाङलाई

ENGLISH

ENTERTAINMENT

पाँचौँ मिस तामाङको उपाधि रामेछापकी कविता तामाङलाई

22 January, 2018 | Kabiraj Adhikari | 1170 Views | comments

पोखरा । बैदाम तामाङ्ग सेवा समाजले आयोजना गरेको पाँचौँ मिस तामाङको उपाधि रामेछापकी कविता तामाङले जित्न भएकी छिन् ।

Miss-Tamang-kabita

२८५४ औं सोनाम ल्होसारको अवसरमा शनिबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालीमा १५ जना प्रतिष्पर्धीलाई पछि तामाङले उपाधि जित्न सफल भएकी हुन् । उनले उपाधि सहित नगद ३० हजारको साथमा क्राउन, ट्रफी प्राप्त गरेकी छिन् । कविताले मिस ट्यालेण्टको सबटाईटल पनि जित्न सफल भईन् ।

त्यसैगरि फष्ट रनरअप काठमाण्डौँ स्वयम्भुकी सुस्मिता गोले तामाङ बन्न सफल भएकी छिन् भने सेकेण्ड रनरअप लेकसाईडकी अमिता लामा भईन् । उनीहरु दुवैले क्रमशः नगद २० हजार र १५ हजारको साथमा क्राउन र ट्रफी प्राप्त गरे । सुस्मिताले फष्ट रनरअपको उपाधि सहित पब्लिक च्वईस र कन्फिडेण्टको सबटाईटल पनि प्राप्त गरिन भने अमिताले सेकेण्ड रनरअप सहित फोटो जेनिकको सबटाईटल प्राप्त गरिन् । प्रतियोगितामा भियोर च्वईसको उपाधि लालीगुराँसटोलकी सोनी तामाङ्गले प्राप्त गरिन् । उनले नगद १० हजार सहित क्राउन र ट्रफी प्राप्त गरिन् । साथै उनले ब्यूटी विथ प्रपोज सबटाईटल पनि प्राप्त गरिन् ।

मालेपाटनकी निलम तामाङ मिस कल्चर, काठमाण्डौँ बालाजुकी मोनिका तामाङ मिस फ्रेण्डली, नयाँबजारकी ओमिशा घिसिङ मिस बेष्ट स्किन, याम्दीकी लक्ष्मी गोम्जा तामाङ वेष्ट हेयर, रत्नचोककी शसी तामाङ्ग मिस ब्यूटीफूल, मालेपाटनकी बिष्णु मोक्तान मिस डिसिप्लिन, सिम्पानीकी सोनाम बम्जन वेष्ट स्माईल, फुलबारीकी सुस्मिता तामाङ्ग बेष्ट वाक, लालीगुराँसटोलकी पनिता तामाङ मिस अर्गनाइजर च्वईस, लेकसाइड इशिका तामाङ बेष्ट पर्सनालिटी, मालेपाटनकी सेलिना मोक्तानले बेष्ट पर्फमरको सबटाईटल प्राप्त गरे ।

प्रतियोगितामा पोखरा, काठमाण्डौं तथा देशका बिभिन्न भागबाट तामाङ्ग समुदायका १५ जना प्रतिस्पर्धामा उत्रिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङ संघका केन्द्रिय अध्यक्ष मोहन गोलेले तामाङको जाति संस्कृति संरक्षणको लागि युवापिढी लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गायक अभिनाश घिसिङ्ग सोनिका लामा के.सीको प्रस्तुतीका साथै तामाङ्ग सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जयन्ती मोक्तानले तथा सञ्चालन समाज सचिव डोल्मा लामा, राम लामा र सञ्चारकर्मी सोनिया लामाले गरेका थिए ।

‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि इशालाई

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK