पहिलो पटक मलेसियामा थारु समुदायको माघी पर्व सम्पन्न

ENGLISH

NRN GLOBAL

पहिलो पटक मलेसियामा थारु समुदायको माघी पर्व सम्पन्न

16 January, 2018 | Kabi Adhikari | 1235 Views | comments

काठमाडौँ । क्वालालम्पुरमा प्रवासी थारु सेवा समाज मेलेसियाले माघी महोत्सव तथा प्रथम वार्षिक उत्सव सम्पन्न गरेको छ ।

malasiya-maghi-parwa

प्रमुख अतिथिको ग्रहण गरेका संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले स्वदेशमै रोजगारी नपाएर विदेशिएका नेपालीहरुले विदेशमा समेत दुःख पाएको खबरले आफू निकै चिन्तित भएको बताए।

‘हामीले राजनीति लडाई लडिसक्यौं अब विकास गर्नुपर्ने भएको र आफनै देशमा रोजगारीको सृजना गर्नुपर्ने भएको छ र आफूले कमाएको रेमिटान्स सही तरिकाले सदुपयोग गर्न अनुरोध गर्दै उनले भने,’दुःखले कमाएको पैसा ठीक ठाउँमा लगानी गर्नुहोस देश हामीलेनै बनाउने हो ।’

कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष तथा हाल केन्द्रय सल्लाहकार शंकर पौडेल , एनआरएनएका महासचिव सुन्दर आले , कान्तिपुर दैनिकीका मलेसिया प्रतिनिधि रामचन्द्र गिरी , अनलाइन खबर साथै पिएनसिसिका प्रतिनिधि रामचन्द्र नेपाल , जनजाती महासंघ मलेसियाका अध्यक्ष पिटी शेर्पा , गायक फुर्बा तेम्बा शेर्पा , किरात राई यायोखा प्रतिनिधि भिम बानु किराँती , नेपाल मगर संघ मलेसियाका रमेश थापा मगर , नेपाली कांग्रेस जनसम्पर्क समिती मलेसियाका महामन्त्री योगेन्द्र कोइरला , विश्व शेर्पा महासंघ एसिया प्यासिफिकका प्रतिनिधि नुरि शेर्पा , त्यस्तै गरी शेर्पा किदुग मलेसियाका अध्यक्ष तेन्जि शेर्पा , सुनुवार सेवा समाजका सदस्यलगायतको उपस्थिती रहेको थियो ।

आरपी चौधरीले संचालन गरेको कार्यक्रममा थारु समुदायले माघी पर्वमा खाने विभिन्न प्रकारका परिकारको स्वाद चखाइएको थियो ।

कार्यक्रममा नेपालाबाट आएका अन्जु कुस्मी ,राज कुस्मी तथा स्थानीय कलाकारको प्रस्तुती रहेको थियो ।

थारु समुदायको माघी पर्व कतारमा भब्यरुपमा सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK