पहिलो पटक क्यानडामा नेपाली फिल्म अवार्ड हुँदै

ENGLISH

NRN GLOBAL

पहिलो पटक क्यानडामा नेपाली फिल्म अवार्ड हुँदै

3 July, 2016 | Bipin Acharya | 1500 Views | comments

नेपाली चलचित्र र नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन र सम्मानका लागि नेपालमा धेरै अवार्ड कार्यक्रमहरु आयोजना हुने गर्छन तर अहिलेसम्म कुनै पनि अवार्डहरु निष्पक्ष नभएको गुनासो चौतर्फी सुनिरहेको अबस्थामा पहिलो पटक अन्तरािष्ट्रय स्तरमा नेपाली चलचित्रकर्मी र नेपाली चलचित्रको सम्मान र प्रोत्साहनका लागि ’राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड २०७२’ को आयोजना हुने भएको छ ।

jan

आगामी जनावरी २०१७ मा क्यानडामा आयोजना हुने ’राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड २०७२’ क्यानडाबाट अभिनेता सुदर्शन गौतमको संयोजनमा आयोजना हुन लागेको हो भने नेपालबाट पत्रकार आर.के. सुवेदीले अवार्ड संयोजकको जिम्मेवारी पाएका छन् ।

’क्यानडामा अवार्ड गर्न असम्भब होला नी त ?’ भन्ने हाम्रो प्रश्नमा क्यानडाबाट सुदर्शन गौतमले भने -’मेरो लाइफमा असम्भब भन्ने शब्द नै छैन । मैले आजसम्म गरेका कामहरु सबैले असम्भब नै भनिरहेका थिए तर मैले अरुले असम्भब भनेका कामहरुलाई सम्भब बनाएर देखाएको छु ।’ उनले अवार्ड पूर्ण बिबाद रहित बनाउन सक्दो प्रयास गर्ने पनि बताए । उनले अगाडी थप्दै भने -’म क्यानाडाको नागरिक हँ र क्यानाडामा नेपाल र नेपालीको पहिचान बनाउन यो एतिहासिक फिल्म फेयर अवार्डले निकै नै ठुलो योगदान दिने निस्कर्षका साथ यो निकै नै ठुलो जोखिम उठाउँदै पनि छु ।

देश को कला र सँस्कृतिले नै राष्ट्रको पहिचान बनाउन सक्छ। यो इतिहास मैले सय प्रतिशत सोचेर अनि विचार गरेर घोषणा गरेको हो ।’ हामीसँगको कुराकानीको क्रममा सुदर्शनले २०१७ बाट सुरु हुने उक्त अवार्ड आजिवन क्यानडामा नै गर्ने दाबी पनि गरेका छन् । क्यानडामा हुने अवार्डका लागि नेपालबाट उल्लेख्य संख्यामा चलचित्रकर्मी र पत्रकारहरुको सहभागीता रहने नेपालबाट अवार्डको संयोजक आर.के. सुवेदीले जानकारी दिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK