पहिलो चरणको निर्वाचन अन्तर्गत आज ३२ जिल्लामा मतदान हुँदै

ENGLISH

POLITICS

पहिलो चरणको निर्वाचन अन्तर्गत आज ३२ जिल्लामा मतदान हुँदै

26 November, 2017 | Sandeep Bhattarai | 2110 Views | comments

निर्वाचन

पहिलो चरण अन्तर्गत आज (आइतबार) ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि मतदान हुँदैछ ।

पहिलो चरणको निर्वाचनमा हिमाली र पहाडी जिल्लामा मतदान हुन लागेको हो । संविधान कार्यान्वयनकै महत्वपूर्ण कडिको रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणमा आज र दोस्रो चरण मंसिर २१ गत्ते ४५ जिल्लामा मतदान हुनेछ । आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३७ पदका लागि २ सय ८२ जना उम्मेदवार मैदानमा छन् ।

जसमा महिला उम्मेदवारको संख्या निकै कम १६ मात्र रहेको आयोगले जनाएको छ । निर्वाचनको पूर्व सन्ध्या अन्तर्गत शनिबार गरिएको अत्राकर सम्मेलन निर्वाचन आयोगका आयुक्त डा अयोधी प्रसाद यादवले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले पहिलो चरणमा आफ्नो मतको सदुपयोग गर्दै छन् ।

पहिलो चरणमा २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । त्यस्तै यादवले मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको जानकारी दिए ।

‘मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरिसकेको व्यहोरा जानकारी गराए । यादवले कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन र यदि कसैले त्यस्तो गैरकानुनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने चेतावनी पनि दिएका छन् ।

त्यस्तै प्रमुख आयुक्त यादवले प्रमुख आयुक्त यादवले अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई निर्देशन दिएका छन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नहरूमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएको मतपेटिकामा मत खसाल्नु पर्नेछ ।

समानुपातिकतर्फ मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागमा मतपत्र–१ रहेको छ र त्यो मतपत्र प्रतिनिधिसभा सदस्यका लागि भएको हुँदा त्यसमा रहेका दलहरूका निर्वाचन चिह्नमध्ये मतदाताले कुनै एक राजनीतिक दलको चिह्नमा मत संकेत गर्नुपर्छ ।

यसैगरी, त्यही मतपत्रको तल्लो भागमा रहेको मतपत्र–२ प्रदेशसभाका लागि भएको र त्यसमा रहेका चिह्नहरूमध्ये आफूलाई मनपरेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्नेछ ।

पहिलो चरणमा मतदन हुने प्रदेश र जिल्लाहरु
प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ
प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप
प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा
प्रदेश ५ का रूकुम (पूर्वीभाग) र रोल्पा
प्रदेश ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा
प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने मन्त्रिपरिषद्को निर्णय

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

भानु जयन्ती

कोलोराडोमा भानु जयन्तीसंगै कवी गोष्ठी सम्पन्न

नेपाली भाषिक एकताका नायक आदिकवी भानुभक्तको २०५ औं जन्म...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK