पहिलो ‘एभरेस्ट आइडल (गायन)’ प्रतियोगितका विजेता सोनाहाङ राई

ENGLISH

NRN GLOBAL

पहिलो ‘एभरेस्ट आइडल (गायन)’ प्रतियोगितका विजेता सोनाहाङ राई

30 October, 2017 | Bipin Acharya | 2030 Views | comments

सोनाहाङ राईले पहिलो एभरेष्ट आइडल यूकेको उपाधि हात पारेका छन् ।

यही अक्टोबर २८ तारिखमा सम्पन्न भएको पहिलो ‘एभरेस्ट आइडल (गायन)’ प्रतियोगितमा राई विजेता बनेका हुन् ।

बेलायतको एम्पायर बेङ्क्युटिङ हल, अल्डरसटमा ई-मेडिया हबको आयोजनामा भएको फाइनल कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत साहित्यकार डा.दुर्गाबहादुर सुबेदी ‘दुबसु’, विशेष अतिथि एनआरएन यूकेका वर्तमान अध्यक्ष योगकुमार फगामीको उपस्थितिमा राईलाई आइडल घोषणा गरिएको थियो ।

उक्त प्रतियोगितामा १४ प्रतिस्पर्धिहरु क्रमश सोनाहाङ् राई, सुमि राई, मार्गरेट लिम्बु, निमान तामाङ, काशी राई, लच्छुशेर्पा, किरण गुरुङ, आईति गुरुङ, निरु चन्द, दिप प्रकाश राई, प्रवेश राई, मनोज गुरुङ, शकुन सुनुवार, नन्दिता राई भएकोले कार्यक्रमलाई ३ चरणमा विभाजन गरिएको थियो ।

पहिलो चरणमा ४ जना आउट, दोस्रो चरणमा ५ जना आउट गर्दै र फिनालेमा ५ जना क्रमशः दिपप्रकाश राई, निमान तामाङ्, सुमी राई सोनाहाङ राई, मनोज गुरुङ पुगेका थिए ।

प्रतियोगितामा ‘सान्नानिले झुक्यायो मलाई र कहाँ थियौ तिमी रङ्ग मञ्च उठेपछि आयौू बोलको दुई गीत गाएर सबैलाई पछि पार्दै बेलायतका लागी नेपाली सांगीतिक धरातलमा ऐतिहासिक पहिलो एभरेष्ट आईडलको उपाधि साथै १२ सय पाउण्ड पनि सोनाहाङ राइले हात पारेका हुन् ।

उक्त आईडलको फस्ट रनर अप निमान तामाङ् र सेकेण्ड रनर अपदिप प्रकाश राई भएका छन् ।

उक्त आइडलका जजहरु क्रमश शर्मिला बर्देवा, शितु खरेल, वी.सी राई र पर्यवेक्षक जज लेजेन्डरी गायक नोर्देन तेन्जिङभोटियाले फाईनलका १४ प्रतिस्पर्धिहरु सबै एकसा एक भएकोले उनिहरुबाट पहिलो ‘एभरेस्ट आइडल’छान्न निकै गार्‍हो भएको तर पब्लिक भोटिङले धेरै सजिलो बनाएको बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK