पहिलो एकदिवसीय खेलमा नेपाल पराजित : नेदरल्याण्ड ५५ रनले विजयी

ENGLISH

SPORTS

पहिलो एकदिवसीय खेलमा नेपाल पराजित : नेदरल्याण्ड ५५ रनले विजयी

1 August, 2018 | Sandeep Bhattarai | 3075 Views | comments

क्रिकेट

पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलिरहेको नेपालको पहिलो गासमै ढुंगा परेको छ । बुधबार भएको खेलमा नेपाल नेदरल्याण्डसंग ५५ रनले पराजित हुन पुग्यो ।

नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाउएको थियो ।नेदरल्याण्डका लागि मिचेल रिप्पोनले ५१रनको अर्धशतकीय पारी खेले भने बास डे लेडेले ३० रन बनए । त्यस्तै स्टेफन माईबर्ग २९ रन बनाई आउट भए भने बेन कुपरले २० रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । नेपालका लागि पारस खड्काले ४ विकेट लिए भने सोमपाल कमिको भागमा ३ विकेट रह्यो ।त्यस्तै सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले समान एक/एक विकेट चट्काए।

१९० रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको नेपाल ४१.५ ओभरमा अलआउट हुँदै मात्र १३४ रन बनायो । सुरुवात राम्रो गरेपनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल हार चाख्न वाध्य भयो । नेपालको लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको अर्धशतकिय पारी खेले भने दिपेन्द्र सिंह ऐरिले ३३ रन बनाए । त्यस्तै अनिल कुमार शाह २१ रन बनाई आउट भए भने कप्तान पारस खड्काले १२ रन जोड्नु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । नेपालका आरिफ शेख, सोमपाल कामी, करण केसी र बसन्त रेग्मी खाता नखोली आउट भए भने शरद भेषवाकरले ४ रन जोड्दा सन्दीप लामिछानेले १ रन बनाए । यसैगरी शक्ति गौचन ९ रनमा अविजित रहे ।

नेदरल्याण्डका लागि मिचेल रिप्पोन, फ्रेड क्लास्सेन र पिटर सिलरले समान ३-३ विकेट लिए । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो ।नेदरल्यान्डको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । पारससँगै नेपाली टोलीमा इण्डियन प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेसमेत सामेल छन् ।

त्यस्तै अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् ।

नेदरल्याण्डमा एक दिवसीय दुईवटा खेल हुनेछन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट एक दिवसीय मान्यता पाएयता यो स्वरुपको खेल खेल्न लागेको पहिलो अवसर हो ।

पिटर सिलार कप्तानीमा रहेको नेदरल्याण्ड्स टोलीमा बेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मिकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक छन् ।

नेपाल र नेदरल्याण्ड्सबीच आम्स्ट्राडाममा दोस्रो एक दिवसीय खेल यही साउन १८ गते हुनेछ ।

नेपाल सामू जितको लागि नेदरल्यान्डद्वारा १९० रनको लक्ष्य प्रस्तुत    

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK