पसलमा पोछा लाउने काम गर्थिन शाहरुख खानकी हिरोइन माहिरा

ENGLISH

ENTERTAINMENT

पसलमा पोछा लाउने काम गर्थिन शाहरुख खानकी हिरोइन माहिरा

31 January, 2017 | Bhawana Pathak | 695 Views | comments

शाहरुख खानको सिनेमा रईसले शुरुवाती पाँच दिनमा ९३ करोडको व्यापार गरेको छ । ६ दिनको कमाई पछि मात्रै सिनेमा करोड क्लवमा प्रेवश गर्ने भएको छ । सिनेमालाई दर्शकले खुबै रुचाएका छन् ।

Mahira-Khan-in-Humsafar

सिनेमामा मुख्य अभिनेता शाहरुख खान छन् भने अभिनेत्रीमा पाकिस्तानी अभिनेत्री माहिरा खान छन् । माहिरा पाकिस्तानकी महंगी र सफल अभिनेत्री हुन् । तर माहिराले अहिलेको उचाई पाउनका लागि पहिले धेरै दुःख गरेकी छिन् । २१ डिसेम्बर १९८४ मा पाकिस्तानको कराँचीमा जन्मेकी उनले कराँचीको एक स्कुलबाट स्कुलिङ गरिन् ।

स्कुलिङ सकेपछि उनी १७ वर्षको उमेरमा उच्च शिक्षा अध्ययनको लागि क्यालिफोर्नीया गईन् । तर उनले उच्च शिक्षालाई निरन्तरता दिईनन् । माहिराले अभिनेत्री बन्नकै लागि बीचमै पढाई छाडेकी थिईन् । उनले सन् २००६ मा भिजेको रुपमा करिअरको शुरुवात गरेकी थिईन् । एम टिभि पाकिस्तानको लाईभ शो ‘मोस्ट वान्टेड’लाई उनी हप्तामा तीन दिन होस्ट गर्ने गर्थिन् । माहिराको डेब्यु सिनेमा भने बोल २०११ हो जुन सुपर हिट भएको थियो ।

सरफाईको काम पनि गरिन्
अमेरिकामा अध्ययन गर्ने क्रममा उनले वेटरको रुपमा एक रेष्टुरेण्टमा पार्ट टाईम काम गर्थिन् । वेटरका साथै उनले अर्को काम पनि गरिन् राईट एड नामको पसलमा सरसफाईको । यहाँ उनले दिनहुँ बढार्ने र पोछा लगाउने गर्थिन् ।

एक सन्तानकी आमा हुन् माहिरा
भारतीय अनलाईहरुमा आएको खबरका अनुसार माहिराको २००६ मा अली अस्करी नामका एक व्यक्तिसँगथ चिनजान भएको थियो । पछि उनले परिवारको सहमती बिना नै अली अस्करीसँग विवाह गरिन् । उनको विवाह २००७ जुलाई १३ मा भएको थियो । तर माहिराको विवाह लामो समयसम्म चलेन । उनले २०१५ मा पति अलीसँग डिभोर्स लिईन् । माहिरा एक छोराकी आमा पनि हुन् । हाल उनी छोरासँग रमाईरहेकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

म्याग्दीको घोडेपानी

म्याग्दीको घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा...

पप गायिका जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

  अमेरिकन पप गायिका काया जोन्सले ‘पुसीक्याट डल्स’ नामक...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK