पश्चिम अष्ट्रेलियामा नेपाल महोत्सवको तयारी

ENGLISH

NRN GLOBAL

पश्चिम अष्ट्रेलियामा नेपाल महोत्सवको तयारी

12 February, 2018 | Kabi Adhikari | 2765 Views | comments

नेपालको पर्यटन प्रबर्द्धन र नेपाली कला संस्कृतिको पहिचान दिलाउने उद्देश्यका साथ पश्चिम अष्ट्रेलियामा नेपाल महोत्सवको आयोजना हुने भएको छ । आयोजकले महोत्सवको तयारी सुरु गरिसकिएको जनाएको छ ।

nepal-festival-austrelia

प्रवासी नेपालीहरुको संगठन एनआरएनले आयोजना गर्न लागेको कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम, झाँकीहरुका साथै नेपालको पर्यटन प्रबर्द्धनका लागि बिभिन्न स्टलहरु समेत राखिने महोत्सव संयोजक दीपक शर्माले जानकारी दिए । एनआरएन पश्चिम अष्ट्रेलियाले यही मार्चको ३१ तारिखमा पर्थको एलिजाबेथ क्युमा आयोजना हुने कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै नेपाली समुदायहरु, एनआरएन नेता तथा प्रतिनिधिहरु, दुतावासका अधिकारीहरु र पश्चिम अष्ट्रेलियास्थित उच्च राजनैतिक नेतृत्वहरुको उपस्थिती रहने शर्माको भनाई छ ।

‘हामीले प्रत्येक दुईबर्षमा आयोजना गर्ने प्रयास गरेको भएपनि पर्थमा यो चारवर्षपछि हुन लागेको हो,’ एनआरएन पश्चिम अष्ट्रेलियाका संयोजक समेत रहेका शर्माले भने । महोत्सवले पर्थमा नेपाली समुदायको कलासंस्कृति र परम्पराको पहिचानमा अभिबृद्धि हुने मात्र नभई नेपाली समुदायको पहिचानलाई समेत बलियो बनाउने उनको दाबी छ ।

महोत्सवमा नेपाल झल्कने बिभिन्न झाँकीहरुको प्रस्तुती रहनेछ भने पर्थको मुख्य शहरमा नेपाल परेडको समेत आयोजना गरिनेछ । कार्यक्रमलाई सांगीतिक बनाउन लागि कुटुम्बको अलग प्रस्तुति रहने आयोजले बताएको छ । यसका साथै नेपाली खाना, ब्यवसाय लगायतका बिभिन्न स्टलहरु समेत महोत्सवको मुख्य आकर्षण हुने उनले बताए । एनआरएन अष्ट्रेलियाले आफ्ना विभिन्न राज्यहरुमा रहेका समिति मार्फत प्रत्येक दुईबर्षमा यहाँका विभिन्न राज्यहरुमा नेपाल महोत्सवको आयोजना गर्ने गरेको छ । – आजको कान्तिपुर दैनिकमा खबर छ ।

‘हामी नेपाली एशोसिएसन’द्वारा यूएईमा नेपाल महोत्सव हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने...

भद्रगोलकी रक्षा

भद्रगोलकी रक्षाले प्रेमीलाई छोडेर अर्कैसँग गरिन् बिहे(भिडियो सहित)

गायक बुद्ध राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल...

तेक्वान्दो

अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK