पशुपतिलाई गीत नगाउन डक्टरको सुझाब

ENGLISH

ENTERTAINMENT

पशुपतिलाई गीत नगाउन डक्टरको सुझाब

9 June, 2016 | Bipin Acharya | 495 Views | comments

Pashupati Sharmaघाँटीमा समस्या भएपछि डक्टरकोमा पुगेका चर्चित लोकगायक पशुपति शर्मालाई डक्टरले गीत नगाउन सुझाब दिएका छन् । पशुपतिलाई डक्टरले घाँटीमा घाउ भएको भन्दै उक्त नगाउन सुझाब दिएका हुन्।

‘एक हप्ता पुरै बोल्न बन्द गर भनेका थिए, कहाँ सक्नु मैले त तीनटा गीत बिरामी भएर गाएँ ।’पशुपतिले भने ।

डा. खराकेश श्रीवास्तवलाई चेकजाँच गराएका पशुपतिको घाँटीको इन्डोस्कपी गरेर हेर्दा रातो देखिएको छ । धेरै गीत गाएकाले घोक्रो रातो भएको भन्दै डक्टर श्रीवास्तवमै तत्काल थेरापी गर्न सुझाब दिएका छन् ।

यसपाली १२ वटा तीजका गीत गाउनैपर्ने भएकाले गीत गाइसकेपछि मात्रै थेरापी गराउने योजनामा छन् उनी । ‘तत्काल रेष्ट त सम्भवै छैन गीत गाउँछु भनेर बचन दिइसकेको छु ।’ उनले भने ‘असारतीर थेरापी गर्नुपर्ला’ ।

उनलाई गत वर्ष पनि यस्तै समस्या भएको थियो । सामान्य होला भनेर टारेको फेरि समस्या देखियो । स्वास्थ्यप्रति निकै सजग पशुपति चिल्लो पिरो कहिल्यै खाँदैनन् । उनी हाँस्दै भन्छन् ‘म धेरै मुख बार्छु त्यही भएर पनि यस्तो समस्या आएको हो कि जस्तो लाग्छ ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अमेरिकाको फ्लोरिडामा अग्नि ब्याण्ड स्थापना, पहिलो गीत सार्वजनिक (भिडियो सहित)

अमेरिकाको फ्लोरिडामा बस्दै आएका नेपाली युवाहरुले एक अग्नी नामक...

कृषिको आधुनिकीकरणमा इजरायले सहयोग गर्ने

नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको...

टिगोर कार

पाउने भए सन्दीपले टाटा मोटर्सको टिगोर कार

भर्खरै मात्र इन्डियन प्रिमियर लिग(आइपिएल) मा उत्कृष्ट र प्रभावशाली...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK