पल्सर स्पोर्टस अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

ENGLISH

SPORTS

पल्सर स्पोर्टस अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

3 September, 2017 | Sandeep Bhattarai | 1345 Views | comments

पल्सर स्पोर्टस अवार्ड

आगामी भदौ २६ मा हुने पल्सर स्पोर्टस अवार्डमा सार्वजानिक हुन बाँकि ४ विधाको मनोनयन आइतबार (आज) सार्वजनिक गरीएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार एक कार्यक्रम विच पल्सर स्पोर्टस अवार्ड अन्तर्गत बर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष, युवा र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । विजेताको घोषणा भने सोहि दिन गरीने छ ।

यसअघिनै एसएमएस भोटिङका आधारमा विजेता घोषणा गरिने पिपुल्स च्वाइस अवार्डको मनोयन सार्वजनिक भइसकेको छ । ८ विधामा दिइने अवार्डमध्ये अन्य तीन विधा लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथलिट अवार्डको घोषणा भने कार्यक्रमकै दिन गरीने जनाईएको छ।

मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले खेलाडी र प्रशिक्षकको बर्ष भरीको प्रदर्शन र प्राप्त उपलब्धीको आधारमा मनोनयन गरिएको जानकारी दिइएको छ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाईस विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्ने छन् । प्रशिक्षक विधाका विजेतालाई योपटक बाट पल्सर मोटरसाइकल प्रदान गर्न लागिएको हो । अन्य विधाका विजेताले नगद ५० हजार प्राप्त गर्ने छन् ।

यस्ता छन् पल्सर स्पोर्टस अवार्ड २०७३ को मनोनयनमा परेका खेलाडी

बर्षको उत्कृष्ट खेलाडी महिला

१. कान्छिमाया कोजु, एथलेटिक्स
२. ज्ञानु अवाले, आर्चरी
३. सावित्रा भण्डारी, फुटबल
४. नङसल तामाङ,ब्याडमिन्टन
५. सरस्वती भट्टराई, एथलेटिक्स

बर्षका उत्कृष्ट खेलाडी, पुरुष

१. किरण चेम्जोङ, फुटबल
२. रत्न जित तामाङ, ब्याडमिन्टन
३. शरद भेषावकर, क्रिकेट
४. सोमबहादुर कुमार , एथलेटिक्स
५. मानबहादुर श्रेष्ठ, भलिबल

बर्षका उत्कृष्ट खेलाडी, युवा

१. दीपेन्द्रसिंह ऐरी, क्रिकेट
२. अनन्त तामाङ, फुटबल
३. मनिता श्रेष्ठ प्रधान, जुडो
४. कमला श्रेष्ठ, भारोत्तोलन
५. प्रतिभा माली, भलिबल

बर्षका उत्कृष्ट,प्रशिक्षक

१.ग्यातुको कोजी, फुटबल
२. मेघराज केसी, फुटबल
३. पुष्पराज ओझा, एथलेटिक्स
४.जगत टमाटा, क्रिकेट
५. किरण थापा, ब्याडमिन्टन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK