पर्वत सेवा समाज युएईको तेस्रो बार्षिकउत्सव सम्पन्न

ENGLISH

NRN GLOBAL

पर्वत सेवा समाज युएईको तेस्रो बार्षिकउत्सव सम्पन्न

29 March, 2016 | Bipin Acharya | 515 Views | comments

लालबहादुर ढेंगा, दुबईको ग्राण्ड फोर्चुन होटलमा पर्वत सेवा समाज युएईले तेस्रो बार्षिकउत्सव २०१६ भव्य रुपले मनाएको छ ।

p1

समाजले आफ्नो कार्यकाल तीन बर्ष पूरा गरेको अवसरमा सो बार्षिकउत्सव मनाएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिमा पर्वत सेवा समाज युएईका संंरक्षक खेमानन्द भुर्तेल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता सोही समाजका अध्यक्ष राजेन्द्र अधिकारीले गर्नु भएको थियो ।

त्यसैगरी बिशेष अतिथिमा मणिप्रसाद भुर्तेल, चन्द्रप्रसाद सापकोटा र मोहन शर्मा रहेको थियो । अन्य अतिथिहरुमा विभिन्न
संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी, पत्रकार र कलाकारहरु रहेका थिए ।

राष्ट्रिय गानबाट कार्यक्रम थालनी गरिएता पनि प्रमुख अतिथि, सभापति लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा दीप प्रज्योलन लगत्तै केक काटिएको थियो । दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई औपचारिक कार्यक्रम महासचिव सरोज जिसीले संचालन गरेका थिए भने सांस्कृतिक कार्यक्रमलाई दुबई क्षेत्रीय समितिका सचिव बिक्रम पौडेलले संचालन गरेको हो ।

p2

समाजको त्रर्फबाट शुभकामना मन्तव्य सचिव कमल लामिछानेले दिनु भएको थियो । आर्थिक बिवरण कोषाध्यक्ष भिमलाल काफ्ले र एक बर्षभरिको बार्षिक प्रतिवेदन प्रथम उपाध्यक्ष पर्शुराम पौडेलले राख्नु भएको थियो ।

जसमा तीन बर्षको अवधिमा २० हजार दिरामको कार्ययोजना र हालसम्मको आर्थिक वचत ९ हजार दिराम रहेको जानकारी
दिएको छ । सांस्कृतिक कार्यक्रमको सुरुवात बिक्रम पौडेलले गाएको गीत “जाम त भने मनैको बाटो” बाट भए लगत्तै सरिता न्यौपानेले गाएको “गीत हावा चल्यो सरर..” ले हललाई तताउन थालेको थियो ।

टुविन्द्र लुईटेलको राष्ट्रियभावमा उप्रित कर्म भूमिको गीतले एकछिनको लागि स्वदेशसम्म पनि पु¥यायो । नरेन सापकोटाले गाएको गीत “फुल फुलेर पहेलै भयो” र हरि डुम्रेले गाएको “मुसुमुसु नहास मायाले” भन्ने गीतमा दर्शकलाई मात्र नभएर अतिथिहरुलाई समेत नचाउनसम्म भ्याए ।

मनमोहक पोशाकमा सजिएर सिमा लामिछाने र राजु थापा आशिकको युगल जोडी “सालै जो” को भाकामा नृत्यले अझै थप मनोरंञ्जन दिएको थियो । त्यसैगरी अर्जुन न्यौपानेले गाएको गीत “माया चन्चले” र सपना जिसीले गाएको गीत “रुमाल
हल्लाई हल्लाई” पनि निकै सान्दर्भिक लाग्दथ्यो ।

“तेस्रो बार्षिकउत्सव २०१६” शिर्षक सीता पौडेलद्धारा वाचन गरेको कविताले पनि आफ्नो स्थान जमाउनमा सफल भएको थियो । सो अवसरमा पर्वत सेवा समाज युएईबाट अभियान चलाएको भूकम्प पीडित राहत संकलन कोषमा सहयोग गर्ने र स्थापनाकालदेखि समाजलाई सहयोग दिनेहरुलाई खादा तथा सम्मान–पत्र दिएर सम्मानित गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK