पर्वतको विकट गाउँमा एनआरएनए रुसद्वारा एम्बुलेन्स सहयोग

ENGLISH

NRN GLOBAL

पर्वतको विकट गाउँमा एनआरएनए रुसद्वारा एम्बुलेन्स सहयोग

10 October, 2017 | Sandeep Bhattarai | 1375 Views | comments

एनआरएनए रुसरोजगारीका लागि रुसमा रहेका नेपालीको सहयोगमा पर्वतको एक विकट गाउँमा एम्बुलेन्स सञ्चालनमा आएको छ ।

गैरआवासीय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका–३ मा रहेको रानीपानी स्वाथ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो ।

एनआरएनए रुसमा आबद्ध नेपालीले एम्बुलेन्स खरिदका लागि रु २० लाख संकलन गरेका थिए । एम्बुलेन्स सेवा नहुँदा थुप्रै बिरामीले बाटोमै ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै प्रवासीले रकम संकलन गरी एम्बुलेन्स खरिदका लागि पठाएका हुन् ।

आइतबार रानीपानी स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पर्वत क्षेत्र नं २ बाट निर्वाचित सांसद विकास लम्साल र एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतमले स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभएको छ ।

सो अवसरमा बोल्दै गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले ग्रामीण विपन्न क्षेत्रका जनताको स्वास्थ्य सुधार गर्न एम्बुलेन्सले सहयोग पुर्याउने बताउँदै मानवीय सेवाका क्षेत्रमा आगामी दिनमा पनि एनआरएनले थप सहयोग जारी राख्ने बताउनुभयो । गाउँमा एम्बुलेन्स सेवा शुरु भएसँगै स्वास्थ्य क्षेत्रमा सहज हुने बताउँदै उहाँले विकासमा स्थानीय नै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

एम्बुलेन्स प्राप्त भएपश्चात् स्थानीयवासीको धेरै वर्षदेखिको माग र आवश्यकता पूरा भएको तथा आकस्मिक बिरामीका लागि समयमा नै अस्पताल पु¥याउन सहज हुने रानीपानी स्वास्थ्य चौकीका अध्यक्ष सूर्यबहादुर थापाले बताउनुभयो ।

एम्बुलेन्स सेवा सञ्चालनसँगै दक्षिण पर्वतको विहादी गाउँपालिकाअन्तर्गत रानीपानी, बर्राचौर, वहाकी, उरामपोखरा तथा पैँयु गाउँपालिकाका बासिन्दा लाभान्वित हुने भएका छन् । उक्त क्षेत्रका बासिन्दा सामान्य उपचारका लागि पनि स्याङ्जा तथा पाल्पा जानुपर्ने बाध्यता रहेको छ ।

सो अवसरमा सांसद विकास लम्सालले बाच्नु पाउनुपर्ने मानिसको पहिलो अधिकार रहेको र जनताको त्यही अधिकारको संरक्षण गर्ने क्रममा स्वास्थ्यलाई बढी प्रथमिकता दिएको बताउनुभयो । आफूले पर्वतको विकासका लागि धेरै काम गरेको बताउँदै सांसद लम्सालले आफू सबै गाउँबस्तीमा पुगेर जनताको वास्तविक समस्या बुझेको र त्यहीअनुसार कामलाई प्राथमिकतामा राखेर सम्पादन गरेको बताउनुभयो ।

प्रवासी नेपालीबाट एम्बुलेन्स सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

पाकिस्तान

एसिया कप सुपर ४ : भारत र पाकिस्तान विजयी

एसिया कप सुपर ४ मा भारत र पाकिस्तानले विजयी...

मालदिभ्समा नेपाली युवतीको मृत्यु

  झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK