पर्यटन प्रवर्द्धनको सामूहिक सुरुवात गरे युरोपमा रहेका पर्यटन दूतहरुले

ENGLISH

NRN GLOBAL

पर्यटन प्रवर्द्धनको सामूहिक सुरुवात गरे युरोपमा रहेका पर्यटन दूतहरुले

द्रोण रिजाल्, नेदरल्यान्ड्

13 January, 2017 | Sandeep Bhattarai | 1315 Views | comments

पर्यटन प्रवर्द्धन

युरोपमा रहेका नेपाल पर्यटन बोर्डका मानार्थ पर्यटन दूतहरुले नेपालमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउने र अर्थतंत्रलाई टेवा पुर्याउने बिषयमा सामूहिक प्रतिवद्धता जाहेर गरेका छन् ।

बेनेलक्सका लागि नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यमा नेदरल्यान्ड्सको उत्रेख्त (Utrecht) शहरमा हिजो ११ जनवरी २०१७ को दिन संपन्न मानार्थ पर्यटन प्रतिनिधिहरूको यूरोप बैठकमा नेपालमा पर्यटन भित्र्याउन भएका विद्यमान नीति, ब्यबस्था र कार्यहरु र आगामी दिनमा युरोपमा रहेका प्रतिनिधिहरुले गर्नुपर्ने कार्य र खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको थियो।

पर्यटन प्रवर्द्धन

नेपाल पर्यटन बोर्डको प्रतिनिधि सुनील शर्मा समेतको उपस्थितिमा भएको उक्त बैठकमा नेपालमा युरोपबाट भित्रिने पर्यटकको संख्यामा अभिबृद्धि गर्न थप आकर्षक र योजनावद्ध कार्यक्रमहरु अघि बढाउनुपर्ने विषयमा छलफलहरु भएको बताइएको छ।

पर्यटन प्रवर्द्धन

सन २०१७ को लागि तय गरिएको नेपाली भ्रमण वर्ष २०१७ यूरोप कार्यक्रम र सन २०१८ मा आयोजना गरिने नेपाल भ्रमण वर्षलाई समेत मध्येनजर गर्दै युरोपका विभिन्न देशबाट बैठकमा सहभागी हुनुभएका पर्यटन प्रतिनिधिहरुले आफ्ना योजना र कार्यक्रमहरु बैठकमा राखेको र उक्त योजना र कार्यक्रमहरुमाथि सामूहिक छलफल पश्चात यूरोपबाट नेपालमा भित्रिने पर्यटकको संख्यामा बृद्धि गर्न सशक्त र योजनावद्ध ढंगले पहल गर्ने निष्कर्ष निकालिएको नेदरल्याण्डका लागि पर्यटन प्रतिनिधि द्वय शशि पौडेल र पुष्प बरुवालले जानकारी गराए ।

नेदरल्याण्डको उत्रेख्त (Utrecht) शहरमा भैरहेको नेपाल ब्यापार मेलामा नेपालको उपस्थिति अवसर पारेर आयोजना गरिएको उक्त बैठकमा नेपाली राजदूतावासका तर्फबाट बेनेलक्सका लागि नेपाली राजदूत लोक बहादुर थापाले आफ्नो धारणा राख्नुभएको थियो भने मिनिस्ट्री अफ कॉन्सुलर घनश्याम भण्डारी, नेपाल पर्यटन बोर्डका तर्फबाट सुनील शर्मा, रसियाबाट सपिला राजभण्डारी, बेलायतबाट पशुपति भण्डारी, बेल्जियमबाट रबीन्द्रमान प्राधान र शिव बरुवाल, फ्रान्सबाट हेमन्त उपाध्याय र भक्त वाग्ले, नेदरल्यान्डसबाट शशि पौडेल र पुष्प बरुवाल, स्विजरल्याण्डबाट कमल भट्ट, आयरल्याण्डबाट दीपेश शाक्य, डेन्मार्कबाट सोम सापकोटा लगायतका प्रतिनिधिहरुले आफ्ना योजनाहरु प्रस्तुत गरेका थिए।

पर्यटन प्रवर्द्धन

नेपालमा पर्यटन प्रवर्द्धन लागि महत्वपूर्ण हुने यस सेमीनारको पूर्ण सफलताको लागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी र डेनमार्कका लागि कार्यबहाक राजदूत रामकाजी खडकाले समेत शुभकामना दिनुभएको थियो।

नेपालको पर्यटन प्रवर्द्धन गर्न सिड्नीमा कार र्‍याली

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK