पर्यटन प्रवद्र्धनार्थ हङ्कङमा पैदलयात्रा

ENGLISH

NRN GLOBAL

पर्यटन प्रवद्र्धनार्थ हङ्कङमा पैदलयात्रा

26 July, 2016 | Bhawana Pathak | 675 Views | comments

नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ हङकङमा आइतबार हाइकिङ लामो दूरीको पैदलयात्रा आयोजना गरिएको थियो ।

haiking

‘हाइक फर नेपाल’ शीर्षकमा आयोजित उक्त कार्यक्रममा ‘एसियाको विश्व परिचित सहर’को करिब १३ किमी यात्रा गरिएको थियो । ‘नेपालका लागि सँगसँगै पाइला चालौँ’ भन्ने नारा दिइएको पैदलयात्रा हङकङ अब्जर्भेसन ह्विलबाट बिहान करिब ८ः३० मा सुरु भएको यात्रा वानचाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क लगायत सहरका मुख्य सडक, गोरेटो बाटो र अग्ला पहाडलाई छिचोल्दै समुद्री किनार रिपल्स बे पुगी टुङ्गिएको थियो ।

पैदल यात्रामा हङकङमा बसोबास गर्ने नेपाली, स्थानीय चिनियाँ र विदेशी गरी करिब ३०० जनाको सहभागिता थियो । कार्यक्रमको उद्घाटन हङकङका लागि नेपाल महावाणिज्यदूत कमलप्रसाद भट्टराईले गर्नुभएको थियो । कार्यक्रमको आकर्षणका रुपमा १० पटक सगरमाथा आरोहण गर्नुभएका कीर्तिमानी आरोही फुर्बातेन्जिङ शेर्पा र १२ विधा गिनिज बुक अफ वल्र्ड रेकर्डस बनाएका थानेश्वर गुरागाईं रहनुभएको थियो ।

गुरागाईंले सोही समारोहमा १३औँ कीर्तिमान थप्ने क्रममा कुहिनोमा ६।६२ सेकेन्ड बास्केट बल नचाउनुभएको थियो । अठ्ठाइस वर्षीय फुर्वाले १७ देखि २४ वर्षको उमेरभित्र नौ पटक सगरमाथाको शिखर चुमेर विश्वकीर्तिमान बनाउनुभएको छ । तीन दिनमै दुई पटक सगरमाथा आरोहणको अर्को कीर्तिमान पनि उहाँकै नाममा छ । पदयात्रामा स्थानीय चिनियाँ सगरमाथा आरोही जोन च्याङ समेत उपस्थित हुनुहुन्थ्यो ।‘हामी उठ्नेछाँै’ अभियान अन्र्तगतकै पर्यटन प्रर्वद्धनात्मक कार्यक्रम स्थानीय मितेरी सेवा समिति पोखरा हङकङले आयोजना गरेको समितिका अध्यक्ष तुलसी गुरुङले जानकारी दिनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK