पर्यटनको आकर्षक गन्तव्य बन्दै धुलिखेल

ENGLISH

TRAVEL

पर्यटनको आकर्षक गन्तव्य बन्दै धुलिखेल

भावना पाठक

22 February, 2017 | Bhawana Pathak | 1680 Views | comments

करीव १६६५ मिटर (५३३०फिट)को उचाइमा अवस्थित धुलिखेल नगरी हरियालीले ढाकिएका होचा अग्ला पहाडहरु र ती भन्दा पर सेता हिउँले सजिएका पर्वत मालाको पृष्ठभूमि पारेर पानपाते आकारमा बसेको छ । हिमाली चुचुरा र हिमनदी, सूर्योदयको बिहङ्गम द्रश्य आदिले पर्यटकहरुलाई मात्र नभै नेपालीहरु समेत लोभिएको कुरा हिउँदमा स्थानीय टुँडिखेलमा हुने बनभोजहरुको घुइँचो, होटलमा रात बिताउन आउने रसिकहरुको लामो लाइन,र पर्यटकहरुको बिहान ३ बजेदेखि नै भेला हुने बातावरणले नै बताउँछ ।

dhulikhel

बि.सं.२०२२ तिर जिल्ला सदरमुकामको रुपमा चिनिन थालेको धुलिखेल,नेपाल अधिराज्यको इतिहासमा समेत स्पष्ट रुपमा उल्लेख भएको कुरा ऐतिहासिक पृष्ठभूमिमा नै उल्लेख भइसकेको छ । वि.सं. १८२० कार्तिक १० गतेका दिन श्री ५ पृथ्वीनारायण शाहको फौजसंग पराजित धुलीखेलमा ५० घरपरीवार मात्र बाँकी रहेका थिए ।

प्राकृतिक सौन्दर्य, होचा-होचा हरिया पाटनहरुले (घाँसे मैदान) भरिएको, स्वस्थ्यकर जलवायु भएको धुलिखेलको नामाकरण कसरी रहन गयो भन्ने सन्दर्भमा केही किम्बदन्तीहरु छन् । प्राचीनकालमा यहाँ बाघ लाग्ने घना जंगल थियो । त्यसै जंगलका बाघहरु खेल्ने डुल्ने ठाउँ भएकोले “धुंखेल” भनिन्थयो । जसको नेवारी भाषामा “धु” को अर्थ बाघ र “खेल” को अर्थ डुल्ने खेल्ने भन्ने बुझिन्छ । यसैगरी अर्को थरीको भनाइ अनुसार अघिका यी बन्य सम्पदा मासेर मानिसहरुले बस्ती बसाल्दै लगेपछि उजाडिएका डाँडाकाडाँमा हुरी बतासले गर्दा धुलैधुलो उड्ने भएकोले यसको नाम धुलिखेल रहन गएको हो ।

काठमाडौं-तातोपानी ( चिन सिमाना ) पुग्ने/ जोड्ने अरनिको राजमार्गको ३० कि.मि. ( नौ कोस ) मा अवस्थित धुलिखेल यातायातको दृष्टिले सुविधायक्त,मानिन्छ । यहाँवा आवागमनको निम्ति बस, ट्याक्सी आदि सुविधा सदैव प्राप्य छ।यहाँबाट गगनचुम्बी हिमालहरुमध्ये मनास्लू, लमजुङ्ग, गणेश, लामटाङ, रोल्वालिङ, महालंगूर र कुम्भकर्ण हिमालयहरु देखिन्छन् । यसका अतिरिक्त अग्ला चुचुरा चढ्ने पर्वतारोहीहरुले मात्र साधारणतया: देख्न पाउने हिमनदी धुलिखेलको देवीस्थान डाडाँबाट सजिलै देख्न पाउने भएकोले पनि यो ठाउँ आकर्षकको केन्द्रबिन्दू बन्दै गएको छ ।

जिल्लाको दोस्रो शहरी क्षेत्र एवं नगरपालिका समेत भएको यस धुलिखेल नगरपालिकाले १०७८ हेक्टर क्षेत्रफल ओगटे भएता पनि मुख्य धुलिखेल बजार क्षेत्र ०.५बर्ग कि.मि. मात्र छ ।उपत्यकाको पूर्वमा रहेको नेवार बस्ती भएता पनि काठमाडौं र पाटनका नेवारहरुको भन्दा यहाँका नेवारहरुको संस्कृति र रीतिरिवाज धेरै अर्थमा बेग्लै र आफ्नै ढंगको छ ।

धुलिखेलको ऐतिहासिक र सांस्कृतिक पक्ष पनि बलियो छ । यहाँ हरिसिद्धि यात्रा, मकरमेला, बिस्केटजात्रा,नवदुर्गा जात्रा र भगवती जात्रामा श्रद्धालुहरुको निकै भिड लाग्छ । ऐतिहासिक र पुरातात्विक महत्वको हरिसिद्धि मन्दिरले पनि शहरको शोभा बढाएको छ ।

ग्रामीण परिवेशको मज्जा लिन खोज्नेहरुका लागि पनि यस क्षेत्रमा विकल्प कम छैनन् । उनीहरुले धुलिखेलकै भट्टेडाँडामा खोलिएका होमस्टेमा प्राकृतिक बसाइको आनन्द लिन सक्छन् । यसका साथै वरपर रहेका पाँचखाल, नमोबुद्ध, पनौती, खोपासी, बल्थली जस्ता उपत्यकाले पनि प्राकृतिक तिर्खा मेटाउँछन् ।

बनेपा-बर्दिबास सडक अन्तर्गत विपी लोकमार्गमा पर्ने यो शहर अरनिको लोकमार्गले पनि छुने सुविधायुक्त ठाउँ हो । नेपाल भाषामा धौख्यः भनिने धुलिखेलले धार्मिक, प्राज्ञिक क्षेत्रमा स्थान बनाए पनि मूल रुपमा पर्यटकीय गन्तव्यकै परिचय बनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK