पर्यटक भित्र्याउँदै ‘भैरव मन्दिर’

ENGLISH

पर्यटक भित्र्याउँदै ‘भैरव मन्दिर’

25 February, 2017 | Bhawana Pathak | 1370 Views | comments

रामपुर-ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व बोकेका पाल्पाका प्रसिद्ध भैरव मन्दिरमा आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।

Bhairabsthan-2

सदरमुकाम तानसेन देखि झन्डै नौ किलोमिटर पश्चिममा अवस्थित यस मन्दिरमा एक वर्षमा करिब नौदेखि १० लाखसम्म आन्तरिक र छ देखि सात हजारसम्म बाह्य पर्यटक भित्रने गरेको मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकीले बताउनुभयो । यस आर्थिक वर्षको हालसम्ममा दुई लाख ५० हजार आन्तरिक र चार हजार जति बाह्य पर्यटकले मन्दिर दर्शन तथा अवलोकन गरेका छन् ।

यहाँ देशका सबैजसो जिल्ला तथा अमेरिका, भारत, जापान, चीनलगायत मुलुकका बाह्य पर्यटक अवलोकनका निम्ति आउने गरेका छन् । मन्दिरमा बर्सेनि सरदरमा रु ४० देखि ५० लाखसम्म आम्दानी हुने गरेको व्यवस्थापक बुढाथोकीको भनाइ छ । उहाँका अनुसार मन्दिरको आम्दानीबाट मन्दिरका विभिन्न भौतिक संरचना निर्माण, मर्मत, सरसफाइ, पूजा व्यवस्थापनलगायत क्षेत्रमा खर्च हुने गरेको छ ।

पाल्पाका तत्कालीन सेन वंशीय राजा मणिमुकुन्द सेनले १६ औँ शताब्दीमा भैरव बाबा उत्पत्ति भएको ठाउँमा यो मन्दिर निर्माण गरेका थिए । मन्दिरसँगै रहेका पौवाबाट मणिमुकुन्द सेनले नियमित भैरवको आराधना गर्ने गर्दथे । विसं २०१४ सालमा तत्कालीन राजा महेन्द्र दर्शनका निम्ति यहाँ आएपछि यसको महत्व झन् बढ्दै गएको स्थानीय नवराज ज्ञवालीले बताउनुभयो ।

विश्वको सबैभन्दा ठूलो त्रिशूल रहेकाले पनि पर्यटकको आकर्षण बढेको हो । पौराणिक मान्यताअनुसार पाल्पा गौँडाका प्रमुख राजा खड्क शमशेरले आफ्नी रानीको इच्छाअनुसार मन्दिरमा त्रिशूल चढाएका थिए । त्रिशूलमा सुनको लेपन लगाइएको हुँदा जतिबेला पनि नयाँ र ताजा जस्तै देखिन्छ ।

त्यस्तै मन्दिरको अर्को विशेषता भाकलस्वरुप ल्याइएका पशुको बलि दिँदा खुकुरी, खुर्पा र दाउलाई अहिलेसम्म धार नलगाइकन एकै पटकमा सजिलैसँग काटिने गरेको यहाँका समुदाय बताउँछन् । दसैँको नवरात्र, वैशाख र मङ्सिरमा बढी भीड लाग्ने गरेतापनि पछिल्लो समय बाह्रै महिना मन्दिरमा पूजाआजा र अवलोकनका निम्ति पर्यटकको सङ्ख्या बढ्दो छ । यहाँबाट विभिन्न हिमशृङ्खलाको पनि दृश्य अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण ह्वात्तै बढेको हो ।

मन्दिरको आडैमा रहेको सुन्दर पार्कले नयाँ पुस्तालाई लोभ्याएको छ । सुन्दर बगैँचा, लहलह झुलेका विभिन्न प्रकृतिका फूलहरुले हिजोआज बुढापाका, युवायुवती र बालबालिकाको पनि मन लोभ्याइरहेको छ । मन्दिरले ४०० वर्ष पुरानो इतिहास बोकेपनि चार वर्ष अगाडि बनेको सुन्दर उद्यानले नयाँ पुस्तालाई आकर्षित तुल्याएको छ । यस पार्कलाई ‘लभ पार्क’का नामले पनि चिनिन्छ ।

दुई तलामा रहेको मन्दिरको माथिल्लो भागमा बटुक भैरवको मूर्ति र तल्लो भागमा भयङ्कर महाकाल भैरवको मूर्ति छ । महाकाल भैरव मूर्तिलाई कालो कपडाले छेकिएको छ । काल भैरवको मूिर्त विकराल भएकाले पुजारी, दर्शनार्थी कसैलाई पनि हेर्न दिइँदैन । यो मूर्ति देख्ने बित्तिकै तर्सिने, झस्किने भएको हुँदा प्राचीनकालदेखि नै मन्दिरका पुजारीले मूर्ति अगाडि छोपिएको कालो कपडा बाहिरबाट पूजा गर्ने गर्दछन् । महाकाल भैरव रहेको कोठामा सयौँ वर्षदेखि अखण्ड ज्योति बलिरहेको पूजारी रघुनाथ योगीले बताउनुभयो ।

भैरव बाबासँग भाकल गरेमा मनोकामना पूरा हुने विश्वासले विभिन्न ठाउँबाट आउने दर्शनार्थीले प्रसादस्वरुप रोट चढाउँदै आएका छन् । यहाँ हाँस, कुखुरा, बोका, पाडाको पनि बलि दिने गरिन्छ । तानसेन तम्घास सडक खण्डमा अवस्थित यस मन्दिरले जिल्लाको धार्मिक तथा पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK