पर्यटकीय गन्तव्य बन्दै इलामको ढापपोखरी

ENGLISH

TRAVEL

पर्यटकीय गन्तव्य बन्दै इलामको ढापपोखरी

16 May, 2017 | Bhawana Pathak | 1225 Views | comments

स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरी जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएपछि पर्यटकको चहलपहल बढेको छ ।

पचास रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको पोखरी, आसपासको चियाबारी र रमणीय स्थानका कारण आगन्तुकको ध्यान बढ्दै गएको हो । सदरमुकामबाट २२ किलोमिटर उत्तरको ढापपोखरीमा रमाइलो गर्न र घुम्नका लागि जिल्लाका विभिन्न स्थान, सीमापारि दार्जिलिङ र पश्चिमा देशका पर्यटक पुग्न थालेका छन् ।

पोखरी र पर्यटकको आकर्षणका लागि चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले पोखरीमा विभिन्न प्रजातिका आठ हजार माछाका भुरासमेत छाडेको छ ।

वातावरण सन्तुलन र पर्यटन विकासका लागि पोखरीको विस्तारले ठूलो मद्दत पुगेको सरोकारवालाको भनाइ छ । “जिल्लाकै नयाँ र फरक गन्तव्यको रूपमा विकास भएको पोखरीलाई प्राकृतिक ढङ्गले साजसज्जायुक्त बनाउँदै पर्यटकलाई आकर्षित गर्न सकिन्छ,” पर्यटन विकासमा सक्रिय युद्ध बैद्यले भन्नुभयो, “आसपासका हाँगेथाम, चोयाटार, जौवारीलगायतका स्थानलाई पनि विकास गर्दै प्याकेज बनाउनु पर्छ ।”

दलदल अवस्थामा रहेको जमिनलाई पूर्वी मोहोडामा बाँध कसेपछि पोखरी विस्तार भएको हो । गुरुयोजना बनाएर यसको विकास गर्नुपर्ने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताउनुभयो । पोखरी निर्माणका लागि मेची पहाडी विकास समितिले रु १० लाख उपलब्ध गराइसकेको छ ।

तीन वर्षअघि संरक्षण सुरू गरिएको पोखरीमा डुङ्गा सञ्चालनको तयारी भइरहेको छ । “डुङ्गा सञ्चालन गरिएपछि पर्यटकको आकर्षण थपिने विश्वास लिएका छौँ,” संस्थाका उपाध्यक्ष निरबहादुर फागोले भन्नुभयो ।

पोखरीमा पानी भरिएपछि नयाँ प्रजातिका चरा समेत आउन थालेका छन् । यो पोखरीमा दुर्लभ ठक्ठके पाइन्छ । पोखरी विस्तार हुनासाथ यस तलका गाउँमा पानीका स्रोत समेत बढेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK