परराष्ट्रमन्त्रीद्वारा नेपालका लागि गैरआवासीय रादूतसँग अन्तरक्रिया

ENGLISH

POLITICS

परराष्ट्रमन्त्रीद्वारा नेपालका लागि गैरआवासीय रादूतसँग अन्तरक्रिया

3 July, 2017 | Bhawana Pathak | 2785 Views | comments

भारत भ्रमणमा रहनुभएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नयाँ दिल्लीस्थित नेपालका लागि गैर आवासीय राजदूतसँग छलफल गर्नुभएको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासमा आइतबार गर्नुभएको छलफलमा उहाँले विश्वभरका मित्र राष्ट्रसँगको सम्बन्धलाई उच्च महत्व दिनुका साथै आपसी सहयोग तथा सहकार्यलाई केन्द्रमा राख्नु पर्ने बताउनुभयो ।

पछिल्ला वर्षमा नेपालमा भइरहेको ऐतिहासिक परिवर्तनका विषयमा मित्रराष्ट्रलाई चासो भएको भन्दै उहाँले संविधानसभाले बनाएको संविधान कार्यान्वयनमा आएसँगै नेपालमा शान्ति र प्रजातन्त्रको नयाँ युग सुरु भएको उल्लेख गर्नुभयो ।

वर्तमान संविधान प्रगतिशील तथा अग्रगामी रहेको बताउँदै उपप्रधानमन्त्री महराले संविधानले सबै क्षेत्रका नेपाली समाजको चाहना तथा आकांक्षाको रक्षा गरेको छ भन्नुभयो ।

आफ्ना सबै मित्रराष्ट्रका राजदूतसँग संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्मा दरिलो उम्मेदवारी रहेको भन्दै उहाँले सन् २०१७ को अन्त्यतिर हुने निर्वाचनमा समर्थन गर्न आग्रह गर्नुभयो ।

मुलुक सकारात्मक विकासको बाटोमा रहेको भन्दै उहाँले राजनीतिक परिवर्तन, शान्ति प्रक्रिया तथा मानव अधिकारका क्षेत्रमा हासिल गरेको उपलब्धिका विषयमा नेपालले अन्तर्राष्टिय समुदायसँग अनुभव बाँड्न चाहेको बताउनुभयो ।

सो अवसरमा सहभागी राजदूतले नेपालले प्राप्त गरेको उपलब्धिमा शुभकामना व्यक्त गर्दै शान्ति र प्रजातन्त्र तथा नेपालसँग थप द्विपक्षीय सम्बन्ध विकासको अपेक्षा गरेको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्रमन्त्री महराले गैरआवासीय राजदूतसँगको छलफललाई आज पनि निरन्तरता दिने कार्यक्रम रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK