पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

ENGLISH

NRN GLOBAL

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

विजय थापा

14 December, 2017 | Sandeep Bhattarai | 870 Views | comments

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको र उपचारमा निकै खर्च लाग्ने भएकोले डिसी महानगर क्षेत्रका नेपाली समुदायले आफ्ना प्रिय कलाकारको लागि खर्च जुटाउन ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रम गर्न एक जुट भएका छन् l

कलाकार बिष्टको मृगौला प्रत्यारोपण गर्न आवश्यक भएको छ भने कलाकार विष्ट हप्तामा तीनपटक डायलाइसिस गरिरहेका छन् । गत डिसेम्बर ११ तारिख आईतबार साँझ भर्जिनियाको स्यानटीलीमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )को पहलमा आयोजना गरिएको कार्यक्रममा डिसी क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको भेलाले आगामी जनवरी २० तारिख कार्यक्रम गर्ने निर्णय गरेको छ l

कार्यक्रममा इनास अमेरिकाका अध्यक्ष आनन्दु लामा ले कार्यक्रममा सबैले मिलेर कलाकार बिष्टलाई सहयोग गर्नु पर्ने भएकोले सबैलाई एक जुट हुन् आग्रह गरेका छन् l उनले कार्यक्रममा टिकट दर २५ डलर राख्ने योजना रहेको छ भन्दै विशेष(भिआईपी ) ५० र १ सय डलर दरका टिकट पनि राखिने जानकारी गराए l यसको साथै कार्यक्रमको लागि अमेरिकामा रहेका नजदिकका राज्यहरुबाट समेत कलाकारहरु आएर नि:शुल्क प्रस्तुति गर्ने समेत बताए l

उनले अगाडी भने कलाकारलाई जीवित अवस्थामा सहयोग र सम्मान गर्नु पर्छ भन्दै इनास ७० वटा देशमा छरिएर रहेकोले संसार भर वरिष्ठ कलाकार पप सम्राटलाई सहयोग गर्न सकिने बताए l

इनास अमेरिकाका सल्लाहकार हरि शर्माले कलाकार राष्ट्रका गहना हुन् यो हाम्रो सबैको दायित्व भएकोले कसरी यसलाई सफल बनाउन सकिन्छ त्यसैले समाजका अगुवाहरुको राय परामर्श लिन बोलाएको बताए l सबै भन्दा ज्यादा खर्च कार्यक्रम स्थलको लागि पर्ने भएकोले त्यो पनि निशुल्क गराउने प्रयास रहेको शर्माले जानकारी गराए l

कार्यकममा स्वयं कलाकार पप सम्राटले न्युयोर्कबाट समेत प्रत्यक्ष रुपमा ज्यादा बोल्न नसकेता पनि ईनेप्लिजको सामाजिक संजाल फेस बुक (मुहार पुस्तिका )को प्रत्यक्ष प्रसारणबाट बोलेका थिए l कलाकार बिष्टले सबैबाट सहयोग आईरहेको बताउदै इनासले गर्न लागेको कार्यक्रमलाई शुभकामना दिएका छन l उनले अगाडी भने अमेरिकामा प्रत्यारोपण गर्न कैयौ बर्ष पर्खनु पर्ने भएकोले भारत जाने तयारीमा रहेको जानकारी समेत गराए l

कलाकार बिष्टको लागि गो फन्ड लगायत व्यक्तिगत रुपमा तथा संघ/संस्थाले पनि आर्थिक सहयोग जुटाई रहेका छन् l कार्यक्रममा सहभागीले सुझाव र सल्लाह दिनु को साथै केहि जिज्ञाशा समेत राखेका थिए l आगामी जनवरी २० तारिखमा हुने कार्यक्रमलाई अपार सफलता बनाउन एक जुट हुनु पर्ने र सबैले लाग्नु पर्ने कुरामा डिसीका नेपाली समुदायले सहमति जनाएका छन l

यसको साथै रचनात्मक कुराहरुको साथै इनासले पनि आर्थिक कोष वृद्धि गर्न गो फन्ड खोल्न सक्ने को साथै टिकट किन्ने ले पनि थप सहयोग गर्न चाहेमा गर्न सक्ने कुरामा छलफल समेत गरिएको थियो l

पप सम्राट ओम विक्रम बिष्टको उपचारमा खर्चको अभाव, सहयोगको याचना

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK