पप सम्राट ओम विक्रम बिष्टको उपचारमा खर्चको अभाव, सहयोगको याचना

ENGLISH

ENTERTAINMENT

पप सम्राट ओम विक्रम बिष्टको उपचारमा खर्चको अभाव, सहयोगको याचना

7 September, 2017 | Sandeep Bhattarai | 2235 Views | comments

ओम विक्रम बिष्ट

काठमाडौंमा नेपाली सांगीतिक प्रतिभाको खोजीका लागि भन्दै तामझामका साथ नेपाल आइडल चलिरहेको छ ।

तर, नेपाली संगीतलाई अलग धारमा मोड्ने लोकप्रिय गायक ओमविक्रम बिष्ट अमेरिकामा मृगौला फेल भएर थला परेका छन् तर बिष्टको बारेमा काठमाडौं मात्रै हैन संसारका ७० भन्दा बढी देशामा संगठित भएका नेपालीहरु नै बेखबर जस्तै छन् ।

नेपाल आइडल र संगीतको चर्चा ह्वात्तै चुलिएका बेला नेपाली पप सम्राट ओम विक्रम विष्ट अमेरिकाको न्यूयोर्कमा उपचार खर्चको अभावमा बसिरहेका छन् । विष्टको दुबै मृगौला फेल भएको छ र प्रत्यारोपण आवश्यक छ । चिकित्सहरुले त्यसको विकल्प अर्को नभएको बताइसकेका छन् ।

अमेरिकामा छोरी ज्वाईको साथमा बस्दै आएका बिष्ट यतिबेला हप्तामा तीनपटक डाइलोसिस गरिरहेका छन् । आफू आर्थिक संकटमा परेको बताउँदै उनी भन्छन छोरी– “ज्वाइँको घरमा पाहुना लागेर उपचार गरिरहेको छु । दुवै मृगौला फेल भएको छ । हप्तामा ३ दिन डाइलोसिसका लागि अस्पताल जानुपर्छ ।”

‘तपाईंको उपचार खर्च इन्सुरेन्सले बेहोर्छ, होइन र ? अहिलेसम्म कति जति खर्च भयो ? के साँच्चिकै तपाईंलाई उपचारका लागि पैसाको अभाव भएको हो त ?’ विश्वसन्देशका लागि कल्पना घिमिरेले प्रश्न गर्दा बिष्टको आक्रोश यस्तो थियो- “९ महिनादेखि नियमित उपचार गराइरहेका पपसम्राट ओमविक्रम विष्ट मेरो प्रश्न भुइँमा खस्न नपाउँदै जंगिहाले– ‘म बिरामी मान्छेलाई तपाईं कति र्याखर्याख पार्नुहुन्छ ? अहिलेसम्म कति खर्च भयो हिसाबकिताब नै छैन ? म कसरी तपाईंलाई हिसाब देखाऊँ ? उपचार मात्र हो र ? अमेरिकाको न्यूयोर्क जस्तो महँगो शहरमा बसेर खान पनि त खर्चै लाग्छ नि ! त्यसमाथि पनि म त बिरामी ।”

“डाक्टरले भनेअनुसारको खाना खानुपर्छ, पथ परेजमा बस्नुपर्छ । डाइलाइसिस गर्नलाई मात्र त इन्सुरेन्सले बेहोर्छ । अस्पताल जाँदा–आउँदा र औषधिमा लाग्ने अन्य खर्च इन्सुरेन्सले बेहोर्दैन ।’ म यस्तो बिरामी छु, यतिबेला उपचार सहयोग गर्नुको साटो करोडौं रुपैयाँ उठाएर भाग्न लागेजस्तो गरी मिडियाले पनि मेरै खैरो किन खन्नुपर्यो” भन्दै गायक विष्टले मिडियामाथि आक्रोश पोखे । दुवै मृगौैला फेल भएर जीवन मरणको दोसाँधमा छट्पटिएको शिथिल शरीर र समयमै उपचार होला कि नहोला भन्ने अन्योलले पनि हुन सक्छ, गायक विष्टको त्यो चिड्चिडाहटलाई अस्वाभाविक मान्न सकिएन ।

ओम विक्रम बिष्ट

विष्ट अस्वस्थ भएको समाचार फाट्टफुट्ट पत्रपत्रिकामा आए पनि अमेरिकाको कुनै पनि सञ्चारकर्मीले फोनसम्म नगरेको गुनासो गर्दै उनले भने, “तपाईं नै पहिलो पत्रकार हो, जसले मेरो स्वास्थ्य अवस्थाबारे बुझ्न खोज्दै हुनुहुन्छ । अहिलेसम्म कुनै पत्रकारले मलाई फोनसमेत गरेका छैनन् । मलाई यहाँका पत्रकारदेखि अति नै चित्त दुखेको छ । शारीरिक रुपमा अशक्त भएपछि आशा र भरोसा सबैको लाग्दो रहेछ । जतिबेला म तन्दुरुस्त थिएँ तिनै पत्रकारले मेरो अन्तरवार्ता छाप्थे, मेरा सांगीतिक कार्यक्रमहरुलाई प्राथमिकतासाथ पत्रपत्रिकामा ठाउँ दिन्थे अहिले मेरो यस्तो अवस्था हुँदा मलाई साथ नदिएको भान हुन्छ ।”

९ महिनादेखि नै क्रिएटिनिन र ब्लड सुगरको समस्या देखिएपछि उपचार गराउँदै आएका विष्टको स्वास्थ्य पछिल्लो समय निकै बिग्रिएको छ । दुबै मृगौलाले काम गर्न छोडेपछि उनी कहिले घर र कहिले हस्पिटल गरेर दिन बिताइरहेका छन् । न्यूयोर्कको अपस्टेटमा रहेको एम्स्र्टन सेन्ट मेरिज हस्पिटलमा १२ दिन बसेर भर्खरै मात्र फर्किएका उनी हाल अपस्टेटस्थित छोरीको घरमा बसिरहेका छन् । ६३ वर्षीय विष्टको स्वास्थ्य बिग्रिँदै गएर श्वास फेर्न गाह्रो भएपछि ३ दिनसम्म भेन्टिलेटरमा बसेको स्मरण गर्दै उनले भने– ‘मेरी अर्धाङ्गिनी फ्लोरा विष्ट पनि भेन्टिलेटरमै बितेकी थिइन् ।’

९ महिना अघि पनि उपचारका लागि कनेक्टिकटको एक अस्पतालमा १६ दिनसम्म बस्नु परेको उनी बताउँछन्, ‘अहिले हप्तामा ३ पटक डाइलाइसिस गराइरहेको छु । डाइलाइसिसको खर्च मात्र इन्सुरेन्सले धान्छ अरु महँगो औषधि खर्च आफैंले बेहोर्नुपर्छ ।’

डाइलाइसिस गराइरहेका उनले अब जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गराउनु पर्नेछ । तर, अमेरिकामै उपचार गराउने हो भने मृगौला प्रत्यारोपणका लागि पाँच वर्ष पर्खनुपर्ने हुन्छ । अमेरिकाको किड्नी पेसेन्ट्स एसोसिएसनले डोनर पाउन कम्तीमा पाँच वर्ष पर्खनुपर्ने बताएपछि उनको परिवारले भारत लगेर प्रत्यारोपण गर्ने योजना बनाएको छ । साथै, मृगौला दान गर्ने व्यक्ति पनि तयार हुनुपर्छ । ‘मलाई माया गरेर एक–दुई ठाउँबाट मृगौला दान दिन तयार हुनुभएको छ,’ उनले भने, ‘सबै चाँजोपाँजो मिलेपछि मात्रै उपचार सम्भव छ ।’

उपचारमा लाग्ने खर्चका कारण तत्काल भारत जान नमिल्ने उनले जानकारी दिए । लगातार डाइलाइसिस गरिरहेकाले लामो यात्रा गर्न उनलाई मिल्दैन । स्वास्थ्यमा केही सुधार भएर डाइलाइसिस सातामा ३ पटक नभई एक अथवा दुई पटक गर्न थालेपछि मात्रै यात्रा गर्न मिल्नेछ । भारत गएर उपचार गर्दा महँगो खर्च लाग्ने पनि उनी बताउँदै भन्छन्, ‘एक्लै जान मिलेन बिरामी कुरुवा, मृगौला दान गर्ने व्यक्ति र उनका कुरुवा लगायत ५÷६ जनाको टोली नै गएर भारतमा एक महिना जति होटलमा बस्दा, खाँदा र उपचारमा लाग्ने सबै खर्च गर्दा कम्तीमा २५ लाख जति लाग्छ ।

अहिले यत्रो खर्च जुटाउन निकै अप्ठेरो परेको छ । तर पनि हालसम्म मैले कसैसँग मागेको थिइन । कसैसँग एक रुपैयाँ लिएको पनि छैन । अहिले मेरो जीवन बचाउनका निम्ति कसैले माया र श्रद्धाले सहयोग गर्नुहुन्छ भने यस्तो अवस्थामा सबैको सहयोग लिन बाध्य भएको छु ।’ आर्थिक सहयोग संकलनका विषयमा गायक विष्टले चित्त दुखाउँदै भने– कसैकसैले भन्छन् रे गायक विष्ट आफैं सम्पन्न व्यक्ति हो, किन चाहियो उसलाई दुनियाँको सहयोग ? त्यस्तो राय व्यक्त गर्नेहरुका लागि गायक विष्टले भने मेरो घरबार पूरै बेच्यो भने त उपचार गर्न सकौंला तर पनि मेरो सिंगो जीवन नेपाली संगीत क्षेत्रमा लगाएको छु । के मेरो मृगौला उपचारका लागि घरबार पूरै बेचौं ।’

विष्टको उपचार खर्च जुटाउने उद्देश्यले अमेरिकामा ‘गो फण्ड मी’ नामक अनलाइन साइटमार्फत आर्थिक संकलन अभियान चलाइएको छ । १० हजार डलर लक्ष्यसहित क्यालिफोर्निया निवासी मदन पाठकले सञ्चालनमा ल्याएको यो अभियानमा सबैले सहयोग गरिरहेको उनले जानकारी दिए । ‘विभिन्न व्यक्तिहरुले पनि मेरो लागि भन्दै रकम उठाइरहेको सुनेको छु । न्यूयोर्कमा भएको महापुराणमा पनि मेरो लागि भनेर ४/५ सय डलर रकम संकलन भएको छ रे भन्ने सुनें । तर, मैले हालसम्म एक रुपैयाँ पाएको छैन,’ उनले भने ।

कुराकानीको दौरानमा गायक विष्टले अन्त्यमा भने– ‘अहिले अमेरिकामा गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनको माहौल भएर पनि होला, मेरो हालको अवस्था छायाँमा परेको छ । यद्यपि, म आशावादी छु, यो समाजले मलाई बिर्सने छैन । फेरि पनि सबैको सहयोग र सद्भावले नेपाली सांगीतिक क्षेत्रमा स्वस्थ भएर फर्किनेछु ।’

नेपाल आइडलले भन्यो: जात, धर्म र समुदायलाई बढवा नदेउ, प्रतियोगीको दावेदारी खारेज हुन सक्छ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK