पप गायक बिस्टको उपचारको लागि फेसबुक लाइभ फन्डरेजिङ कार्यक्रम आयोजना

ENGLISH

NRN GLOBAL

पप गायक बिस्टको उपचारको लागि फेसबुक लाइभ फन्डरेजिङ कार्यक्रम आयोजना

13 January, 2018 | Kabi Adhikari | 1025 Views | comments

अमेरिका । अमेरिकाको दक्षिणपूर्वीका १५ राज्यमा बसोबास गर्ने नेपालीको साझा संस्था नासा (Nepaliese Asociation of SoutheastAmerica) ले नेपाली पप संगीतका पहिलो गायक तथा पप सम्राट ओम बिक्रम बिस्टको उपचारको लागि सांगेतिक प्रस्तुतीसहितको फेसबुक लाइभ फन्डरेजिङ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

nasa-help

नासाले अमेरिकी पूर्वीय समय अनुसार शनिबार बेलुकी ९ बजे सांगीतिक कार्यक्रमसहित फेसबुक लाइभ फन्डरेजिङ कार्यक्रम गर्न लागेको हो।

यस कार्यक्रमलाई सम्भवत पहिलो पटक एकै चोटी ५ वटा नेपाली अनलाईन मिडियाबाट विश्वभारका नेपालीहरुले प्रत्यक्ष हेर्न सक्ने कार्यक्रम संचालक तथा नासाका सांस्कृतिक कमिटिका अध्यक्ष बिशाल भारतीले जानकारी दिए।

सांगीतिक फन्डरेजिङमा स्थानिय गायक प्रदिप क्रिस घिमिरे र सुमन भट्टराईले पप सम्राट बिष्टकै आवा जमारहेको, म मौनतामा अल्झीरहेको एउटा जीवन, गीतबाट कार्यक्रमको सुरुवात गरी कार्यक्रम अवधिभर विभिन्न सांगेतिक प्रस्तुती दिने अयोजकले बताएको छ। कार्यक्रमको बिच बिचमा विश्वभर छरिएर रहेका नेपालीलाई पप सम्राट विष्टको उपचारमा सहयोग गरिदिन अपिल समेत गरिने बताइएको छ। कार्यक्रमका सभापति माधव ढकालका अनुसार कार्यक्रम सञ्चालनकै क्रममा सहयोगको घोषणा गर्ने व्यक्तिको नाम कार्यक्रमबाटै उद्घोष समेत गरिने छ।

यसअघि पनि नासाले फेसबुक लाइभ फन्डरेजिङ मार्फत कलाकार दिपक क्षेत्रीको उपचारका लागि २ लाख, नेपालका १०१३ घर बाढी पीडितका लागि लगभग सात लाख रुपैयाँ बराबरको राहत तथा ७ जना मृतक परिवारलाई रु पाँच हजारका दरले ३५ हजार नगद बाड्न सफल भएको हो।

दुबै मृगौला खराब भएका पप सम्राट बिष्टले यतिबेला अमेरिकास्थित छोरीको घरमा बसेर डायलसिस गराइरहेका छन्। भारतमा गएर मृगौला प्रत्यारोपण गराउने योजना बनाएका विष्टको उपचारका करीब ५० लाखको खर्च लाग्ने अनुमान गरिएको छ। उपचारका लागि खर्च अभाब भएका कारण अहिले अमेरिकामा रहेका नेपालीहरु बिष्टको उपचारमा सहयोग जुटाउन लागि परेका छन्।

कलाकारको सम्मानका लागि उप्ठ्यारो परिस्थितीमा जतिसक्दो सहयोग गरेर विष्टको ज्यान बचाउन नासाले सबैमा अनुरोध गरेको छ।

मिर्गौला खराब भएका विष्टले भासिएको आवाजमा दिए यस्तो सन्देश ; सरोज खनालको यस्तो आव्हान

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न...

sandeep bhattarai

उपत्यकामा सडक बालबालिका कसरी बाँच्छन् यो चिसोमा ?

शरीर नै कक्रक्क पार्ने चीसो, सडकको किनारमा गुडुल्किएर फोहरको...

साउदीमा २३ नेपाली अलपत्र

साउदी अरवको इम्प्राटोर सोलुसन कन्ट्रक्टीङ कम्पनीमा पुगेका २३ जना...

चैत्र २३ मा पूर्णिमाको ‘हिरोज’

अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्मको प्रदर्शन मिति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK