पपुवा न्युगिनीमा कारागारमा भएको झडपमा सत्र व्यक्तिको मृत्यु

ENGLISH

WORLD

पपुवा न्युगिनीमा कारागारमा भएको झडपमा सत्र व्यक्तिको मृत्यु

16 May, 2017 | Bhawana Pathak | 560 Views | comments

पपुवा न्यु गिनीमा कैदीको एक ठूलो समूहले जेल ताडेर भाग्न खोज्दा सुरक्षाकर्मीसँग भएको झडपमा १७ जना कैदीको मृत्यु भएको त्यहाँका प्रहरीले सोमबार जानकारी दिएका छन् । कैदी भगौडाको यस घटनामा अझै पनि ५७ जना कैदी फरार रहेका छन् ।

प्रशान्त महासागरीय यस राष्ट्रको दोस्रो ठूलो नगर लाएमा अवस्थित बुइमो कारागारमा गत शुक्रबार जेल तोडेर भाग्न खोज्ने ती कैदीलाई कारगार परिसरस्थित सुरक्षा कर्मीले गोली प्रंहार गरेका थिए ।

‘द’ ‘रोयल पपुवा न्यु गिनी कन्स्टाबुलरी (प्रहरी कार्यालय)’ ले एक विज्ञप्ति प्रकाशन गरी उक्त घटनामा १७ जना कैदीको मृत्यु भएको र तीनजना पक्राउ परेका र अझै पनि ५७ जना बेपत्ता रहेका पुष्टि गरेको छ ।

फरार रहेका कैदीमध्ये धेरैजसो सशस्त्र डकैति, कार चोरी, आवासीय भवनका भित्ता फोरेर भित्रघुसी बस्ने मानिसलाई तर्साई, धम्काई चोरी, डकैति गर्ने जस्ता अत्यन्त आपराधिक मनोवृत्तिका रहेकाले तिनीहरुले सर्वसाधारण जनतालाई खतरा पु¥याउनसक्ने भएकाले उनीहरु पक्राउ नपरुन्जेल सतर्क रहन महानगरीय प्रहरी प्रमुखले आह्वान गरेका छन् ।

पपुवा न्यु गिनीको कूल जनसङ्ख्यामध्ये एक उल्लेखनीय हिस्सा दुर्गम क्षेत्रमा बसोवास गर्छन् । यो वर्ग अझैसम्म हात मुख जोड्न पनि धौधौ पर्ने चरम गरिबीपूर्ण र परम्परागत शैलीको जङ्गली जीवनयापन गर्न बाध्य छ । प्रायः गरिबीकै कारण यहाँ अराजकता र आपराधिक घटनाका सङ्ख्या पनि कहाली लाग्दो रहेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK