पन्चेबाजा गीति एल्बम “ओरालीमा बर” सार्वजनिक (भिडियो)

ENGLISH

ENTERTAINMENT

पन्चेबाजा गीति एल्बम “ओरालीमा बर” सार्वजनिक (भिडियो)

कुमार “अविरल” पन्थी

24 January, 2017 | Sandeep Bhattarai | 870 Views | comments

पन्चेबाजा

“प्रवासमा नेपाली कलाकारहरु एक हौऔं, नेपाली कला, संस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौं” भन्ने मूल नाराका साथ अगाडी बढिरहेको बसन्त फिल्मस् प्रा.लि.ले पन्चेबाजा “ओरालीमा बर” नामक गीति एल्बम युट्युब मार्फत सार्वजनिक गरेको छ ।

इस्वी संवत २०१५ सेप्टेम्बर महिनामा कतारमा स्थापना भएको बसन्त फिल्मस् प्रा.लि. बैधानिक रुपमा नेपालमा दर्ता भै बिधानत पहिलो साधारणसभा पनि संम्पन्न गरिसकेको छ । गित संगीतको क्षेत्रमा अग्रभागमा रही आफनो कार्यलाई निरन्तरता दिइरहेको फिल्मसले विशेष त नया र न्यून आय भएका कलाकारलाई प्रोहोत्सान गर्ने गरेको छ।

लोकप्रिय गायिका देवी घर्ती र सर्जक तथा गायक शरद पाण्डेको आवाज रहेको गीतमा सर्जक पाण्डे कै शब्द रचना तथा चर्चित सर्जक बसन्त थापाको संगीत रहेको छ । गीतको भिडियोमा केशव कंडेल दुलाहा र रन्जिता कटुवाल दुलहीको रुपमा देख्न सकिन्छ । त्यस्तै मन्जिता केसी, ईश्वर काफ्ले, मोहन शाह, तिलु शर्मा पौडेल, मधुसुदन डागी लगायतको अभिनय रहेको छ ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोलाई हरिहर महराले छायांकन तथा विष्णु शर्माले सम्पादन गरेका छन । उक्त गीतलाई नेपाली साँगितिक क्षेत्रमा छोटो समयमै चर्चा कमाउन सफल बसन्त फिल्मस् प्रा.लि.ले बजार व्यवस्थापन गरेको हो ।

आफनै कार्यसमिति भित्र र बाहिरका कलाकारहरुलाई समेटेर फिल्मस कै प्रस्तुतिमा पन्चे बाजाको गीति एल्बम “ओरालीमा बर” बजारमा आएको हो । गित सार्वजनिक भएको केही समयमा नै दर्शक श्रोताहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको गायक शरद पाण्डेले जानकारी दिएका छन ।

फिल्मसले राष्ट्रिय तथा प्रवासमा रहेका कलाकारहरुलाई सम्मान गर्ने गरेको छ त्यसका साथै विभिन्न म्युजिक भिडियोहरुलाई बजार ब्यबस्थापन तथा बिभिन्न समयमा आपत-विपतमा परेका दिन दुखिहरुलाई आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।

भिडियो –

अमेरिकामा घन्किँदै पन्चेबाजा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK