‘पद्मावती’ रिलिज नरोके भारत बन्द गर्ने चेतावनी

ENGLISH

ENTERTAINMENT

‘पद्मावती’ रिलिज नरोके भारत बन्द गर्ने चेतावनी

16 November, 2017 | Kunjar Bhattarai | 1155 Views | comments

संजय लीला भंसालीको फिल्म  ‘पद्मावती’ माथि विभिन्न समस्या सिर्जना भइरहेका छन्  ।

यसैबीच श्री राजपुत कर्नी सेनाले फिल्म ‘पद्मावती’को रिलिज नरोके भारत बन्द गर्ने चेतावनी दिएको छ। निर्देशक सञ्जय लीला भन्सालीले आफ्ना मागको सम्बोधन नगरेको भन्दै  सेनाले डिसेम्बर १ मा रिलिज हुन लागेको फिल्म रोक्न माग गरेको हो ।

यदि मागको सुनुवाइ नभए भारत बन्द गरी फिल्म रिलिज हुन नदिने सेनाको चेतावनी छ।फिल्ममा ‘पद्मावती’लाई सार्वजनिक रूपमा नाचेको देखाएको र त्यो ऐतिहासिक तथ्य विपरीत भएको उनीहरूको भनाइ छ। सेनाले फिल्मको रिलिज अगाडि देशभरका मुख्य सहरमा फिल्मविरूद्ध प्रदर्शन गर्ने जनाएको छ।

उनीहरूले यस मामिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हस्तक्षेप गर्नुपर्ने अनुरोध समेत गरेका छन्।केही दिन अगाडि अभिनेत्री दीपिका पादुकोणले फिल्मको रिलिजलाई कसैले रोक्न नसक्ने भनी दिएको अभिव्यक्ति भाड्काउ भएको भन्दै सेनाले आक्रोश पोखेको भारतीय सञ्चारमाध्यमले  छन्।

पद्मावतीलाई लिएर सतहमा थुप्रै विवाद देखिए पनि सबैको पर्खाइ सेन्सर बोर्डको निर्णयमा अडिएको छ। सेनासँगै फिल्मलाई प्राविधिक संघले पनि विवाद नसल्टाइए फिल्म बहिष्कार गर्ने चेतावनी दिएको छ।

१ डिसेम्बरका लागि रिलिज मिति तय भएको फिल्ममा  दीपिका पादुकोण, साहिद कपूर र रणवीर सिंहको मुख्य अभिनय रहेको छ।’पद्मावती’मा दीपिकाले रानी पद्मावतीको भूमिकामा  छिन्। शाहिद उनको पति राजा रावल रतन सिंहको भूमिकामा देखिने छन्। रणवीर अलाउद्धिन खिलजीको भूमिकामा  छन्।

संजय लीला भन्सालीको ‘पद्मावती’को सेटमा दुर्घटना, एकको मृत्यु

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK