संजय लिला भन्सालीको बहुप्रतिक्षित फिल्म ‘पद्यमावती’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दीपिका, रणवीर र शाहिद तीनै जना आफ्नो भूमिकालाई न्याय गर्दै देखिएका छन्।
सधैं हिरोको भूमिकामा देखिएका रणवीरलाई यस फिल्ममा भिन्न अवतार देख्न सकिन्छ। उनले नकरात्मक भूमिकामा निकै अलग देखिएका छन्।मंगलबार बेलुकी ६ बजेसम्म फिल्मको ट्रेलरलाई १ करोड ६३ लाख ३६ हजार ३ सय २९ पटक हेरिएको छ।
’फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर मुख्य भूमिकामा छन्। फिल्मको कथा महारानी पद्यमावतीमा आधारीत छ र दीपिका फिल्ममा पद्यमावती रानीको भूमिकामा छिन्।
साथै शाहिद कपूर राजा रतन सिंहको भूमिकामा र रणवीर सिंह फिल्ममा अलाउद्दीन खिलजीको नकरात्मक भूमिकामा छन्।
यो फिल्म डिसेम्बर १ मा रिलिज हुनेछ। फिल्मलाई संजय लिला भन्सालीले निर्देशन गरेका छन्। अलाउद्दीन खिलजी र पद्यमावतीको प्रसंग सूफी कवि मल्लिक मुहम्मद जायसी ले शासुरीको काल १५४० मा लेखेका थिए।कथाका अनुसार अलाउद्दीन रानीलाई मन पराउँथे र उनलाई हाँसिल गर्न उनले चित्तौडगढमा हमला गरेका थिए। तर उनले रानी जीवीत हुँदासम्म सफल भने हुन सकेनन्।
यस फिल्मको लागि रणवीर र शाहिदले तलवारबाजी पनि सिकेका छन्। हालै फिल्मको फर्स्ट लुक पनि सार्वजनिक भएको थियो। जसलाई दर्शकले निकै रुचाएका थिए।
हेर्नुस ट्रेलर।
नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...
संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...
तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...