पत्रकार र अतिथिलाई दुइ घण्टा कुराइन अभिनेत्री पूजा शर्माले

ENGLISH

ENTERTAINMENT

पत्रकार र अतिथिलाई दुइ घण्टा कुराइन अभिनेत्री पूजा शर्माले

2 May, 2017 | Bhawana Pathak | 540 Views | comments

अभिनेत्री पूजाले पत्रकार तथा सहकर्मीलाई दुई घन्टा कुराएकी छन् । कुरा हो ,आइतबार साँझ आयोजित चलचित्र ‘म यस्तो गीत गाउँछु’को एक गीत सार्वजनिक कार्यक्रमको । सि डब्लु पार्टी प्यालेस कमलादीमा आयोजित कार्यक्रममा सबैलाई पाँच १५ मा निम्त्याइएको थियो ।

आयोजक र चलचित्रको निर्माता समेत रहेकी अभिनेत्री पुजा भने दुर्इ घन्टा ढिलो गरि सात १५मा मात्र देखा परिन् । उनले ढिला गर्दा उनका प्रेमी समेत रहेका चलचित्रमा निर्देशक सुदर्शन थापालाई भने छटपटी भयो । पुजा समयमै कार्यक्रम स्थल नआउँदा कार्यक्रम किन ढिला ? भनेर प्रश्न तेस्र्याउने पत्रकार र अतिथिलाई थमथम्याउन सुदर्शनलाई हम्बेहम्बे पर्यो ।

दुई घन्टा ढिलो कार्यक्रममा उपस्थित पूजा ‘म यस्तो गीत गाउँछु’का अभिनेता पल शाहको साथमा आइपुगेकी थिइन् । सेतो रंगको गाडीका कार्यक्रम स्थलको गेट अगाडि ओर्लिएकी पूजा सरासर भित्र पसेकी थिइन् ।

उनै पूजाको बर्थ डे सेलिव्रेशन समेत गरिएको कार्यक्रममा चलचित्रको ‘भन्छु आज’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरियो । सो कार्यक्रममा चलचित्रका मुख्य कलाकार सरोज खनाल, रुपा राना, संगीतकार अर्जुन पोखरेल लगायतको सहभागीता थियो । चलचित्र युनिट बाहिरका कलाकार बिजय लामा, निर्देशक सबिर श्रेष्ठ, निर्माता सुवास गिरी, निर्देशक शोभित बस्नेत, अभिनेता सलोन बस्नेत, अभिनेत्री नम्रता सापकोटा लगायत उपस्थित थिए । कलाकारको न्युन उपस्थिती रहेको कार्यक्रम पत्रकारले भरिभराउ थियो ।

सार्वजनिक गरिएको गीतमा पूजा र पल शाहको केमेष्ट्री छ । लोकेशन, सम्पादन, कोरियोग्राफी र छायाँकनले उत्कृष्ट रहेको गीतमा शब्द सुदर्शन थापा र संगीत अर्जुन पोख्रेलको रहेको छ । सुगम पोख्रेल र अन्जु पन्तले गीत स्वर दिएका छन् ।

चलचित्रमा पूजा र पलका अलवा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राना लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सुदर्शन थापा र पुजा शर्माको लगानीमा बनेको यो चलचित्र असार ३० गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।कार्यक्रममा केक काट्दै पूजाले सबैसँग यसरि जन्मदिन सेलिव्रेशन गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको बताइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK