पत्रकार महासङ्घकी केन्द्रीय प्रतिनिधि रोल्पाबाट बेखबर

ENGLISH

पत्रकार महासङ्घकी केन्द्रीय प्रतिनिधि रोल्पाबाट बेखबर

25 February, 2017 | Bhawana Pathak | 890 Views | comments

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाको ५ औं अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय जिम्मेवारी लिएर रोल्पा आएकी महासङ्घकी केन्द्रीय प्रतिनिधि (सचिव सङ्गीता खड्का) शुक्रबार दिउँसो ३ बजेदेखि बेखबर हुनुभएको छ ।

फाइल फोटो ,अनिता बिन्दु संग संगीता खड्का

फाइल फोटो ,अनिता बिन्दु संग संगीता खड्का

महासङ्घको अधिवेशन सम्पन्न गर्नका लागि बिहीबार दिउँसो उद्घाटन गरिएको कार्यक्रमको बन्दसत्र भने बिहीबार नै सम्पन्न भएको थियो । शुक्रबार मतदान प्रक्रियाका लागि अन्तिम नामावली प्रकाशन पश्चात निर्वाचन प्रक्रिया सुरु हुनु अगाडि नै उहाँ बेखबर हुनुभएको हो ।

दिउँसो करिब २ बजेतिर हलभित्र प्रवेश गरेकी खड्काको ३ बजेदेखि शनिबार बिहान ८ बजेसम्म मोबाइल अफ भएको हुँदा उहाँ कहाँ हुुनुहुन्छ भन्ने बारेमा कुनै किसिमको आधिकारिक जानकारी प्राप्त हुन सकिरहेको छैन ।

उहाँ मोबाइल फोन अफ गरेर बेखबर भएपछि निर्वाचन अधिकृत कुमार शाह नेतृत्वको टोली उहाँ बसेको होटल सदरमुकामस्थित भट्ट गेष्ट हाउस लगायत जिल्लाका अन्य केही होटलमा खोजी गरी पत्ता लगाउन नसकेपछि सो टोली राति ९ बजे जिल्ला प्रहरी कार्यालय रोल्पामा समेत खोजी कार्यमा सहयोग गर्नका लागि पुगेको थियो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पा, प्रेस चौतारी रोल्पा, क्रान्तिकारी पत्रकार महासङ्घ रोल्पा र क्रान्तिकारी पत्रकार सङ्गठन रोल्पाका अध्यक्ष तथा प्रतिनिधिले शनिबार बिहान संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया अगाडि नबढाइ निर्वाचन समितिलाई समेत जानकारी नदिइ रातारात भागेर गएको कार्यले हामी आश्चर्यचकित भएको उल्लेख गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK