पत्रकार महासंघ जापानका पूर्वअध्यक्ष मल्लको आरोप पुष्टि गर्न चुनौती

ENGLISH

NRN GLOBAL

पत्रकार महासंघ जापानका पूर्वअध्यक्ष मल्लको आरोप पुष्टि गर्न चुनौती

25 July, 2017 | Bipin Acharya | 855 Views | comments

जापान पठाउने भन्दै ठगीको आरोप लागेका नेपाल पत्रकार महासंघ जापानका पूर्वअध्यक्ष तिलक मल्लले आफूमाथिको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

जापानमा बस्दै आएका पोखराका गोविन्द तिवारीको ठगी प्रकरणमा मल्ललाईसमेत मुछेपछि उनले टोकियामो पत्रकार सम्मेलन गर्दै त्यस्तो चुनौति दिएका हुन् । उनले आफूलाई ‘इमोसनल’ ब्ल्याकमेलिङ गर्दै फसाउन खोजेको दाबी गरे ।

जापानमा पत्रिका, अनलाइन र छापाखानाको कम्पनी चलाउँदै आएका मल्लले कम्पनीसँग सम्बन्धीत कारोबारलाई इस्यु बनाउँदै ठगीमा मुछेको भन्दै छानबिन गरेर पुष्टि गर्न आग्रह गरेका छन् ।

आकर्षक रोजगारीका लागि जापान ल्याउने प्रलोभन देखाएर करोडौको ठगी गरेको अभियोग लागेका पोखराका गोविन्दप्रसाद तिवारीलाई नेपाल फिर्ता पठाउन जापानको नेपाली समुदायले दूतावासमार्फत पहल अगाडि बढाएका छन् ।

तिवारीको निर्देशनमा एक वर्ष अगाडि पीडितहरुले पत्रकार मल्लका छोरा सुदर्शन मल्लको बैंक खातामा पैसा जम्मा गरेका थिए । जम्मा गरेको रकमको जवाफदेही तिवारी हुने भएकोले तिवारी परिवारबाटै उक्त रकम फिर्ता दिलाउन गरिएको लामो प्रयासबाट पहिलो किस्ता रकम नेपाल पठाइसकिएको मल्लले जानकारी दिए ।

पत्रकार महासंघ, जापानले गरेको पत्रकार सम्मेलनमा देखाइएको भिडियो क्लिपमा तिवारीले ठगी प्रकरणमा मल्लको संलग्नता नभएको उल्लेख गरेका छन् ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

किशोरी

सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव

कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना...

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK