पत्रकार पाण्डेलाई एनआरएनए पोर्चुगलका उपाध्यक्षको मार्ने धम्की (अडियो सहित)

ENGLISH

NRN GLOBAL

पत्रकार पाण्डेलाई एनआरएनए पोर्चुगलका उपाध्यक्षको मार्ने धम्की (अडियो सहित)

8 July, 2016 | Sandeep Bhattarai | 1655 Views | comments

उपाध्यक्षलाई तुरुन्त निलम्बन गरियोस ।

nrn-portugal-150x150खेमराज रानाभाट’चिन्तन’, लण्डन, – न्युज २४ नेपालका युरोप प्रतिनिधि गणेश पाण्डेलाई हिजो राति एनआरएनए पोर्चुगलका उद्दण्ड उपाध्यक्ष सुनिल संगमले एक हुल केटाहरु सहित राति १२ बजेतिर पाण्डेको क्याफे रेष्टुरेण्डमा गई ज्यान मार्ने धम्की दिएका छन ।

एनआरएनए पोर्चुगलको आर्थिक हिनामिनाको समाचार लेखेको विषयलाई लिएर उद्दण्ड उपाध्यक्ष सुनिलले पत्रकार पाण्डेलाई ज्यान लिने धम्की दिएका हुन ।निज उपाध्यक्षले यस भन्दा अघि पनि आफ्नै समितिका सचिव ध्रुव प्रसाद सापकोटालाई अध्यक्ष नेपाल गएको बखत तीन उपाध्यक्ष बीच कुन कार्यवाहक अध्यक्ष बन्ने भन्ने विषयमा सचिव सापकोटाले समर्थन नगरेको भनि राति सापकोटाको रेष्टुरेन्टमा रक्सीले मातेर गई धम्क्याएका थिए ।

निज उद्दण्ड स्वभावको उपाध्यक्षलाई तुरुन्त निलम्बन गरिनु पर्दछ । समाचारको स्वतन्त्र खण्डन गर्नुको साट्टो समाचार लेखेको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिनु, काम गर्ने ठाउँमा गएर रक्सीले मातेका एक हुल लिएर गई शक्ति प्रदर्शन गर्नु घोर निन्दनीय र भर्त्सना योग्य छ । यस्ता गैरजिम्मेवार र आवारा उपाध्यक्षलाई निलम्बन गर्न गराउन सम्पुर्ण पोर्चुगलबासी विवेकशील सचेत नेपालीको सहयोग समर्थनको लागि हार्दिक आह्वान गर्दछु ।

स्मरण रहोस एनआरएनए पोर्चुगलको यो कार्य समितिले गत अगस्टमा कार्यभार समाल्दा अघिल्लो समितिबाट बुझेको करिब २२ हजार युरो र समितिले नेपाली राजदुतावास फ्रान्सबाट पासपोर्ट बनाउन समन्वय गरे बापत उठाएको सेवा शुल्क समितिको खातामा नराखी पदाधिकारीहरुबाट मनोमानी ढंगबाट उपयोग गर्दै आएको कुरा समिति भित्रैका सदस्यहरुबाट बाहिर आएको थियो । नेपाली राजदुतावास फ्रान्सबाट पोर्चुगलबासी नेपालीले पासपोर्ट बनाउन एनआरएनए पोर्चुगलले समन्वय गरे बापत २६ देखि ३६ युरो सेवा शुल्क लिने गर्थ्यो, जुन कार्यमा अनियमितता भएको आशंका गरी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्दैछ ।

एनआरएनए पोर्चुगलको यो समितिले आफ्नो हिसाबकितावको बारेमा सार्वजनिक रुपमा कुरा उठेपछि तुरुन्त सार्वजनिक गर्नुको साट्टो साधारणसभा र महाधिवेशन बाहेक अरु बेला देखाउन जरुरी छैन भन्दै टार्दै आएको छ । समितिको कोष हिनामिना भएको कुरा बाहिर आएपछि हिसाबकिताव पारदर्शी रुपमा राख्न, व्यवस्थापन गर्न र सबैका सामु एक महिनाभित्र सार्वजनिक गर्न भनि कोषाध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय एक समिति बनाइएको थियो । तर उक्त समितिको अहिलेसम्म विधिवत रुपमा एक पटक पनि बैठक बसेको छैन भन्ने कुरा उक्त समितिकै सदस्यबाट बाहिर आएको छ ।

भिडियो लिंक-

यो पनि हेर्नुस – आप्रवासीहरुको हकका लागि एनआरएनए पोर्चुगलले आन्दोलन गर्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चेन्ज योर फ्युचर

बहु प्रतिक्षित पुस्तक “चेन्ज योर फ्युचर” सार्वजनिक

जीवनसंग जोडिएका हरेक प्रसङ्ग देखि ब्यापारका बैज्ञानिक सुत्र देखी...

सहयोग

दुर्घटनाका घाइतेलाई प्रवासीको सहयोग

रोजगारीको क्रममा बहराइनमा दुर्घटनामा परी घाइते भएका म्याग्दीको रघुगङ्गा...

श्रीपेच

गणतन्त्र स्थापनाको एक दशकपछि सार्वजनिक भयो श्रीपेच : अब सर्वसाधारणले हेर्न पाउने

मुलुकमा गणतन्त्र स्थापनाको एक दशकपछि नेपालको सत्ता राजनीतिको एउटा...

एनआरएनए

‘गैरआवासीय नेपालीलाई लगानीको पर्याप्त अवसर’

गैरआवासीय नेपालीका लागि मुलुकमा लगानीको इच्छाशक्ति भए अथाह सम्भावना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK