पत्नीलाई दिने समय नभएको भन्दै विवाह बिना नै पिता बने तुषार कपूर

ENGLISH

ENTERTAINMENT

पत्नीलाई दिने समय नभएको भन्दै विवाह बिना नै पिता बने तुषार कपूर

29 June, 2016 | Bhawana Pathak | 595 Views | comments

बलिउडमा एडल्ट कमेडीयनको परिचय बनाएका अभिनेता तुषार कपूर विवाह बिना नै पिता बनेका छन् । उनले सेरोगेसीको सहारा लिएर सन्तानको रुपमा एक छोरा पाएका छन् । बलिउडका अन्य सेसिलब्रेटीहरुले पनि सेरोगेसीको साहारा लिएर सन्तान जन्माईसकेका छन् ।

Tusshar-Kapoor

अभिनेता शाहरुख खानका कान्छा छोरा अब्राहम , आमीर खानका छोरा आजाद लगायत अन्य सेलिब्रेटीहरुले पनि सेरोगेसीको मद्दतले सन्तान जन्माएका छन् । तर तुषार भने विवाह नगरिकनै सेरोगेसी मार्फत पिता बनेका कारण चर्चामा आएका छन् । तुसारले पत्रकार सम्मेलन गर्दै विवाह र पत्नीलाई समय दिन नसक्ने बताउँदै आफूले यो बाटो रोजेको बताएका छन् । त्यस्तै उनले घरमा छोराको आगमन भएसँगै उनले आफ्नो परिवार पूरा भएको पनि बताए । उनले छोराको नाम लक्ष्य राखेका छन् ।

बलिउड अभिनेता जितेन्द्रका छोरा र निर्मात्री एकता कपूरका भाई हुन् । उनले सन् २००१ मा फिल्म मुझे कुछ केहेना है मार्फत बलिउडमा प्रवेश गरेका थिए । पहिलो फिल्मले उनलाई फिल्म फेयर अवार्ड समेत दिलाएको थियो । उनको सुरुवाती करियर राम्रो भएपनि पछिल्लो समयमा उनको करियरले खासै सफलता हासील गरेको छैन । बिगत दुई बर्ष यता उनका दिल ने कहा , ये दिल , जीना सिर्फ मेरे लिए र कुछ तो है फ्लप भए । त्यस्तै अन्य केहि फिल्मले एभरेजमा ब्यापार गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK