पञ्चेवाजा सहित पूर्व राजा शाहलाई भब्य स्वागत

ENGLISH

पञ्चेवाजा सहित पूर्व राजा शाहलाई भब्य स्वागत

2 June, 2016 | Krishna Adhikari | 535 Views | comments

raja

पूर्व राजा ज्ञानेन्द्र शाहले बुधवार अपरान्ह पूर्वाञ्चलको सुनसरी सदरमुकाम इनरुवामा रहेको माँ वैष्णोदेवी भगवती मन्दिरको दर्शन गरेका छन् । केही साताको पूर्वाञ्चल बसाईमा रहेका पूर्व राजा शाहले इनरुवाको भ्रमण गरी मन्दिर दर्शन गरेका हुन्। पूर्व राजा आउने खवरले निकै उत्साहित भएका सर्वसाधारणले शाहको स्वागत भब्यताका साथ गरेका छन् ।

संसदमै राज संस्थाको पुनस्थापनाको वहस चलिरहँदा सुनसरीमा राजा हेर्न सयौँ सर्वसाधारणको भीड लागेको थियो । विभिन्न जातजातिका भेषभुषामा सजिएका सर्वसाधारणले पञ्चेवाजा सहित पूर्वराजाको स्वागत गरे । सो अवसवरमा पूर्वराजाको इनरुवा भ्रमणको व्यवस्थापन गरेका पूर्वमन्त्री सिनेट श्रेष्ठलगायत आयोजक समितिका पदाधिकारीहरू तथा मन्दिरका पुजारीहरू र स्थानीयले स्वागत गरेका थिए। शाहले मन्दिर परिसरमा पुगेर पूजा गरिरहँदा समर्थकहरूले पूर्वराजा र राजंस्थाको पक्षमा नाराबाजी गरेका थिए।

पूर्वराजा शाह मन्दिरको दर्शनको सकेर समर्थकहरुसगै उहाँले इनरुवाको मुख्य बजारको करिब डेढ किलोमिटर पैदलयात्रा समेत गरेका थिए । बजार परिक्रमा गर्दा सुरक्षाकर्मीहरुलाई भिड व्यवस्थापन गर्ने निकै नै मुस्किल परेको थियो ।

यो पनि पढ्नुहोस् – निजामती ट्रेड युनियनको नतिजा आजै आउने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK