पञ्चकन्या तेजद्वारा सगरमाथा लेजेन्ड्सलाई ४९ रन पराजित

ENGLISH

SPORTS

पञ्चकन्या तेजद्वारा सगरमाथा लेजेन्ड्सलाई ४९ रन पराजित

30 September, 2016 | Sandeep Bhattarai | 1225 Views | comments

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत बिहिबार भएको दोस्रो खेलमा पञ्चकन्या तेजले सगरमाथा लेजेन्ड्सलाई ४९ रनको विशाल अन्तरले हराएको छ ।

पञ्चकन्या तेजको लगातार चौथौं जित, सगरमाथा लेजेन्ड्स पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको पञ्चकन्याले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८५ रनको विशाल योगफल तयार पार्यो । जवाफी ब्याटिङमा आएको सगरमाथा १७.४ ओभरमै अलआउट हुँदै १३६ रनमा समेटियो । पञ्चकन्याको जितमा करण केसीले अर्धशतकीय पारी खेल्दै ५२ रन बनाए । त्यस्तै पृथु बाँस्कोटाले ३८, कप्तान शरद् भेषवाकरले ३० तथा कुशल भुर्तेलले २२ रन बनाएपछि पञ्चकन्याको जित सहज भयो ।

यता सगरमाथाका मेहबुब आलमले सर्वाधिक २३ रन तथा विक्रम सोबले दुई विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् । जारी लिगमा चार खेलमा सबै जित हासिल गरेको पञ्चकन्या प्रतियोगिताको फाइनलमा पुगेको छ भने सबै खेल हारेको सगरमाथा बाहिरिसकेको छ ।

यस्तै बिहिबारै भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्सले कान्तिपुर गोर्खाजलाई १५ रनले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत बिहीबार जगदम्बा राइनोजविरुद्ध कलर्स एक्स फ्याक्टर्स तथा विशाल वारियर्सविरुद्ध पञ्चकन्या तेज भिड्नेछन्

कान्तिपुर गोर्खाज कलर्स एक्स फ्याक्टर्ससंग पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK