पचहत्तर जलविद्युत् आयोजनालाई सम्मान गरिने

ENGLISH

पचहत्तर जलविद्युत् आयोजनालाई सम्मान गरिने

16 July, 2017 | Bhawana Pathak | 560 Views | comments

जलविद्युत् क्षेत्रमा निरन्तर क्रियाशील हुँदै आएका सरकारी तथा निजी क्षेत्रका प्रवद्र्धकलाई विद्युत् विकास विभागले सम्मान गर्ने भएको छ ।

विभाग स्थापनाको २४ वर्षको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका आयोजना र निजी क्षेत्रका गरी पचहत्तर आयोजनालाई सम्मान गर्न लागिएको हो । विभागले आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाउँदैछ ।

मुलुकको जलविद्युत् उत्पादनको १०६ वर्षको इतिहासमा पहिलोपटक सरकारी तथा निजी क्षेत्रका आयोजनालाई सम्मान गर्न लागिएको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिनुभयो ।

ऊर्जा क्षेत्रको विकास र विस्तारका अनवरत काम गरिरहेका व्यवसायीको हौसला बढाउन र उनीहरुलाई निरन्तर काम गर्ने प्रेरणा प्राप्त होस् भन्ने लक्ष्यका साथ विभागले यसपटक प्राधिकरण र निजी क्षेत्रका दुवै प्रवद्र्धकलाई सम्मान दिन लागेको बताउनुभयो ।

महानिर्देशक सिंहका अनुसार प्राधिकरणका १७ र निजी क्षेत्रका ५८ वटा गरी कुल ७५ परियोजना सम्मानित हुनेछन् । विभिन्न समस्या र चुनौतीका बीचमा पनि मुलुकको ऊर्जा संकट समाधानमा लागेको र उज्यालो नेपालको अभियानलाई अगाडि बढाउन अनवरतरुपमा लागेकालाई राज्यले सम्झेको उहाँको भनाइ छ ।

ऊर्जा क्षेत्रमा लगानी गर्ने प्रवद्र्धकलाई अनुमतिपत्र दिने, अध्ययनमा सहयोग गर्ने र सबै नीतिगत काम गर्नेगरी सरकारले विभाग स्थापना गरेको हो । विभागमा पछिल्लोपटक स्थापना भएको एकल डेस्कले प्रवद्र्धकका समस्या समाधानमा सहयोग पु¥याएको छ भने १०० मेगावाटसम्मका जलविद्युत् आयोजनाको अनुमति दिने काम गर्दै आएको छ । विभागले हालसम्म कुल १३७ आयोजनाबाट तीन हजार ६८७ मेगावाट विद्युत् उत्पादन गर्न अनुमतिपत्र प्रदान गरेको छ ।

यस्तै, १०० मेगावाट माथिका पाँचहजार ५०६ मेगावाट क्षमताका १७ वटा परियोजनालाई सर्वेक्षणको अनुमति दिइएको छ । साथै, सर्वेक्षण र अन्य अनुमतिका लागि प्रतीक्षामा रहेका आयोजनाको सङ्ख्या पनि उल्लेख्यमात्रामा रहेको छ ।

यसैगरी, विभागले जलविद्युत् आयोजनाबाट प्राप्त हुने रोयल्टी वितरण गर्दै आएको छ भने अन्य नीतिगत तथा कानुनी सहयोगसमेत गर्दै आएको छ । सरकारले २०७२ फागुन ६ गते ऊर्जा संकटकाल कार्ययोजना सार्वजनिक गरेपछि जलविद्युत् आयोजनाको विकास र विस्तारमा योजनाबद्ध तवरले काम गर्दै आएको र केही सफलता हासिल भएको महानिर्देशक सिंहको दाबी छ ।

कुल ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजना निर्माणसँगै मुलुकको जलविद्युत् इतिहासमा निजी क्षेत्रले प्रवेश पाएको हो । हाल निजी क्षेत्रले कुल ५८ वटा आयोजनाबाट ४४५ मेगावाट र प्राधिकरणका १७ आयोजनाबाट करिब ४६८ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK