न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

ENGLISH

NRN GLOBAL

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

16 July, 2018 | Sandeep Bhattarai | 1380 Views | comments

 

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको आयोजनामा शनिबार भव्यताका साथ २०५ औं भानु जयन्ती मनाइएको छ ।

न्यूहृयाम्पसायरको हुक्सेट लाइब्रेरी, हुक्सेटमा आयोजित कार्यक्रम आदिकवि भानुभक्त आचार्यको तस्वीरमा पुष्प गुच्छा अर्पण गरी शुभारम्भ भएको थियो ।शिक्षाविद, साहित्य प्रेमी वयोवृद्ध लक्ष्मणप्रसाद उपाध्यायको प्रमुख आतित्थ्यतामा आयोजित उक्त कार्यक्रमा अनेसासका केन्द्रीय महासचिव गोवर्धन पूजाको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी एनआरएन आइसीसी अनररी सदस्य शिवकुमार राई र पूर्वच्याप्टर अध्यक्ष अग्निप्रसाद पराजुलीको पनि कार्यक्रममा आतिथ्यता रहेको थियो ।कार्यक्रमा कवयित्री दीपा राई पुन, ईश्वरी भट्ट, सुशील नेपाल, पेमा छेवाङ शेर्पा, अनु शाह, गोवर्धन पूजा, हरिमाया अधिकारीलगायतले आआफ्नो रचना वाचन गरेका थिए भने सुनिता गुरूङले संगीत र गायन प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी च्याप्टर पूर्व अध्यक्ष अग्नी पराजुलीले हार्माेनियम बजाएर रोचकता थपिदिएका थिए । कार्यक्रममा पत्रकार राजेश कोइरालाले नेपाली भाषा संरक्षण र यसको महत्व बारे प्रकाश पारेका थिए भने प्रमुख अतिथी लक्ष्मणप्रसाद उपाध्यायले आदिकवि भानुभक्त आचार्यको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि अनेसास महासचिव गोवर्धन पूजाले संस्थालाई अनवरत सेवा र सहयोग गरेकोमा शिवकुमार राई, डा. रूद्र अर्याल, शारदा माया भट्टलगायतलाई सम्मानस्वरूप कदरपत्र प्रदान गर्दै नेपाली भाषा, साहित्य एवं नेपाली भाषाको एकीकरणकर्ता भानुभक्त आचार्यलाई विदेशमा रहेर पनि दिन दिनै सम्झिएको भन्दै सधै सम्झिरहने बताए ।

संस्थाको उपाध्यक्ष हरिमाया अधिकारिको सभापतित्वमा संचालित उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघका च्याप्टर अध्यक्ष डम्बर कडरिया, नेपाली समाज न्यूहृयाम्पसायरका अध्यक्ष सोम गुरूङ, किराँत राई न्यूइग्ल्याण्डका अध्यक्ष मुक्तिनारायण राई, तमु समाजका अध्यक्ष शम्भुकुमार गुरूङ, जनजाति महासंघका अध्यक्ष सुन्री गुरूङ, समाजसेवी लोक लामा गोले, गायिका पविता परियार, फोटो ग्राफर विमल नेपाल र वेकी फिल्ड लगायत सामाजिक व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन गर्दै प्रधान सम्पादक ईश्वरी भट्टले उपस्थित पाहुना र हुक्सेट लाइब्रेरी हुक्सेटलाई धन्यवाद व्यक्त गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र...

जुनकिरी

गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

लामो समय देखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई...

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK