न्यूयोर्क हल्लियो महिला साँस्कृतिक साँझमा

ENGLISH

NRN GLOBAL

न्यूयोर्क हल्लियो महिला साँस्कृतिक साँझमा

11 March, 2016 | Sandeep Bhattarai | 615 Views | comments

मेची काली जहाँजन्मे पनि, हामी नेपाली
हिमाल, पहाड, मधेश, जहाँका भए पनि, हामी नेपाली
संसारको जुन कुनामा पुगौं, हाम्रो मन नेपाली, हामी नेपाली
एक पल्टको नेपाली, सधैंको नेपाली । एक पल्टको नेपाली, सधैंको नेपाली ।

nari

न्यूयोर्कमा यसपालीको १०६औं अन्तरराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा एनआरएनए एनसिसि युएसएको महिला समन्वय समितिद्वारा आयोजित महिला सांस्कृतिक साँझको शुरुवात यिनै हरफहरुका साथ शुरु भएको थियो l यो हरफहरु उच्चारण गर्दै मञ्चमा कार्यक्रमको सिलसिला अगाडि बढाउन तम्तयार थिइन् उद्घोषिका सच्ची मैनाली ।

विविध गीत संगीत र नृत्यले उपस्थित दर्शकहरुलाई नयाँ खालको स्वाद यो साँझले प्रस्तुत गर्दै थियो । कार्यक्रमको शुरुवात नेपाली राष्ट्रगान र अमेरिकी राष्ट्रगानवाट भएको थियो भने सँगीता मुखिय छोचोन, गीता विर्लाकोटीका कोकिल कण्ठवाट झरेका सुमधुर स्वरहरुले दर्शक श्रोतालाई मुग्ध वनाउन सफल थियो l

बिचबिचमा उद्घोषिकाले प्रस्तुत गरेका काव्याँशहरुले महिला साँस्कृतिक साँझ पक्कै हो भन्ने भान हुन्थ्यो ।

हे नारी, तिमी शक्ति हौ
तिमी सार हौ, तिमी स्नेहको श्रोत हौ
तिमी आकाश हौ, तिमी धरती हौ
तिमी प्रकृतिकै, अनुपम सिर्जना हौ
हे नारी
तिमी सवथोक हौ किनकी तिमी नारी हौ ।
तिमी विना चल्दैन यो संसार
किनकी
तिमी श्रृष्टिकै सुन्दर रचना हौ ।

कार्यक्रममा लोकगीत, आधुनिक गीत, हिपहप नृत्य लगायतका विविध आकर्षणले दर्शकको मन जितेको थियो ।नाम लिनु पर्दा गायक गायिका नृत्यकारहरुमा सँगीता मुखिया छोचों, गीता विर्लाकोटी, मञ्जु थापा, देजी शेर्पा, विजया सिम्खडा,रानी श्रेष्ठ, प्राप्ति श्रेष्ठ, रिया मैनाली ,जाइना मैनाली, इन्दु लामिछाने, मेघा शर्मा, रेश्मा खरेल बस्नेत , नीरु सिवाकोटी पूजा न्यौपाने लगायत थिए ।

सो कार्यक्रममा राजदूतको उपस्थितिलाई लिएर उद्घोषकले पढेको यो कविताले राजदूत लगायत सवैलाई मन्त्रमुग्ध बनाइदिएको थियो ।

अनुहारमा सधैं चहकिलो घाम उदाएजस्तो
अमेरिकाको भूमिमा जताततै छाएजस्तो
आज हामी सवै गदगद छौं
राजदूत डा. अर्जुन कार्कीलाई
यहाँ पाउँदा
साँच्चैको अभिभावक पाएजस्तो ।

न्यूयोर्कमा साँस्कृतिक कार्यक्रमहरु भइनै रहन्छन्, तर यो विशेष थियो र यो विशेष बनाउन संयोजक सँगीता मुखिया छोचों, वन्दना कोइराला तथा विशेष गरी कार्यक्रम प्रस्तोता सच्ची मैनालीको विशेष भूमिका रहेको थियो । कार्यक्रम सकिएपछि उद्घोषक संग तस्बिर खिच्न चाहनेको लाम लागेको थियो ।

पर्दापछाडिवाट यो कार्यक्रम सफल पार्न डल्लास एभरेष्ट लायन्स क्लवका चार्टर सभापति लायन अजय छोचोंको विशेष योगदान रहेको थियो भने अन्य कलाकारहरुले गरेको सहयोग पनि सह्राहनीय देखिन्थ्यो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK